विराटनगर । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ छनोटको दोस्रो चरणको चौथो खेलमा नेपाल बहराइनसँग पराजित भएको छ ।
बहराइनको रिफास्थित नेशनल स्टेडियमा आज बिहान भएको खेलमा नेपाल बहराइनसँग ३-० गोलान्तरले पराजित भएको हो ।
बहराइनको जितमा सायद बाकर, अब्दुल्लाह युसुफ र कोमाइल इल्सवादले समान एक–एक गोल गरे ।
समूह एचमा रहेको नेपालको यो लगातार चौथो हार हो ।
यही चैत ८ गते बहराइनमै भएको खेलमा नेपाल बहराइनसँग ५-० गोलान्तरले पराजित भएको थियो ।
त्यसअघि नेपालले युएईविरुद्ध ४-० को हार बेहोरेको थियो भने यमनसँग २-० गोलले पराजित भएको थियो ।
नेपाल चार खेलमा अंकविहीन रहँदै समूहको अन्तिम स्थानमा छ भने युएई १२ अंकसहित समूहको शीर्षस्थानमा छ ।
नौ अंक बटुल्दै बहराइन दोस्रो र यमन तीन अंकसहित अंकतालिको तेस्रो स्थानमा छ ।
अब नेपालले छनोटका बाँकी दुई खेलमा युएई र यमनको सामना गर्ने छ ।