आर्मीले जित्यो कोशी प्रदेश राष्ट्रिय टी–२० च्याम्पियनसिपको उपाधि

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ३ चैत, २०८०
२ वर्षअघि

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी प्रथम कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० च्याम्पियनसिपको उपाधि त्रिभुवन आर्मी क्लब हात पार्न सफल भएको छ ।

आर्मीले शनिबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई नौ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।

उपाधिसँगै आर्मीले नगद पाँच लाखसहित ट्रफी र उप–विजेता कर्णालीले नगर तीन लाखमा चित्त बुझाएको छ ।

जारी सिजनमा तेस्रो पटक फाइनलमा प्रवेश गरेको आर्मीले पहिलो उपाधि चुमेको हो । यसअघि, पिएम कपमा नेपाल पुलिस र केपी ओली कपमा मधेस प्रदेशसँग पराजित भएको थियो ।

कोशी प्रदेश ट्रफीको पहिलो सस्करणको उपाधि हात पार्ने क्रममा कर्णालीले दिएको एक सय ११ रनको लक्ष्य आर्मीले १२ दशमलव २ बलमा १ विकेटको नोक्सानीमा पूरा गरेको थियो ।

पहिलो विकेटका लागि आर्मीको ओपनर सन्तोष कार्की र इमरान शेखले २५ रनको साझेदारी गरेका थिए ।

सन्तोष २१ रनमा क्याच भएपछि मैदानमा प्रवेश गरेका तृतराज दासले आक्रमक शैलीमा जित सुनिश्चित गरे ।

आर्मीको जितमा शेखले ३० बलमा अविजित ३८ रन र तृतराजले ३३ बलमा अविजित ५० रन बनाए ।

च्याम्पियनसिपमा पहिलो अर्धशतक बनाएका दासले २ छक्का र ५ चौका प्रहार गरेका थिए ।

शेख र दासबीच ५४ बलमा ८७ रनको साझेदार गर्दै खेल आफ्नो पक्षमा पारे । कर्णा दिनेश अधिकारीले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा सबै विकेट गुमाई एक सय १० रनको सामान्य योगफल तयार पारेको थियो ।

आक्रमक सुरुआत गरेको कर्णालीका लागि विपिन रावलले २७ रन बनाउँदा कप्तान रवीन्द्र शाहीले २१ रन, मनिष थापाले २१ र दिनेश अधिकारीले १२ रन बनाए ।

आर्मीका तृतराज दास, वसिर अहमद, सहाव आलम र सुमित श्रेष्ठले समान दुई–दुई विकेट लिए ।

च्याम्पियनसिपमा प्लेयर अफ दि टुर्नामेन्ट र प्लेयर अफ द फाईनलको पुरस्कार आर्मीका अलराउन्डर दासले हासिल गरे ।

प्रतियोगिताको उदयमान खेलाडी आर्मीका नितेश पटेल घोषित भए ।

विजेता टोलीलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पुरस्कार वितरण गरेका थिए ।

फागुन २२ गतेबाट सुरु भएक‍ो प्रतियोगितामा तीन विभागीय र सात प्रदेशको सहभागिता रहेको थियो ।

प्रकाशित समय: शनिवार ३ चैत, २०८०, १८:०२:३५
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०