आर्मीसँग पराजित भएसँगै बाहिरियो कोशी प्रदेश, बागमतीले निकाल्यो पहिलो जित

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २९ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

मोरङ क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत मंगलबारको पहिलो खेलमा घरेलु टोली कोशी प्रदेशलाई हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आर्मीले कोशीलाई ५ विकेटले पराजित गरेको हो ।

आर्मीसँग पराजित भएको कोशी प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘ए’ मा ४ खेल खेलेको कोशीले १ मा जित र ३ खेलमा पराजित बेहोर्‍यो ।

कोशी २ अंकका साथ तेस्रो स्थानमा रह्यो ।

आर्मीले भने लगातार ३ खेलमा जित हात पार्दै सेमिफाइनलमा स्थान बनायो ।

आमी ६ अंकका साथमा शीर्ष स्थानमा छ ।

आर्मीले अब एपिएफसँग बुधबार दिउँसो लिगको अन्तिम खेल खेल्ने छ ।

सबै ४ खेलेको कर्णाली दुई खेलमा जित र दुई खेलमा पराजय बेहोर्दै चार अंकका साथ दोस्रो स्थानमा छ ।

दुई खेलमा एक खेलमा जित र एक खेलमा पराजित भएको एपिएफ दुई अंकका साथ तालिकामा चौथो स्थानमा रहेको छ ।

आजको दोस्रो खेलमा प्रतियोगिताबाट बाहिरिसकेको बागमती प्रदेशले गण्डकी प्रदेशलाई चार विकेटले हराएको छ ।

जितसँगै बागमती समूह ‘बी’ मा तीन खेलमा एक खेलमा जित र दुई खेलमा पराजित हुँदै दुई अंकको साथ तेस्रो स्थानमा उक्लिएको छ भने गण्डकीले खेलेको चारै खेलमा पराजित अंकविहीन भएर घर फर्किएको छ ।

बुधबारको पहिलो खेल पुलिस र लुम्बिनी तथा दोस्रो खेल दुई विभागीय टोली आर्मी र एपिएफबीच खेल हुने मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।

प्रकाशित समय: मङ्गलबार २९ फाल्गुण, २०८०, १८:१३:१८
नयाँ आईजीपी पौडेलले सोमबार फुली लगाउने, गृहसचिवबाट दर्ज्यानी चिन्ह प्रदान गरिने
आईतबार २० ब‌ैशाख, २०८३
सांसद् ढकालले लिए केन्द्रीय सचिवालय सदस्यको शपथ
आईतबार २० ब‌ैशाख, २०८३
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
आईतबार २० ब‌ैशाख, २०८३
नारायणगढ–मुग्लिन सडकमा पहिरो, तुइन खोलामा एकतर्फी यातायात सञ्चालन
आईतबार २० ब‌ैशाख, २०८३
भू–अभिलेख प्रणालीबाट सुकुम्वासी पहिचान सुरु, वास्तविक लाभग्राही छुट्याइने
आईतबार २० ब‌ैशाख, २०८३
‘प्रेस स्वतन्त्रताको रक्षा हुन्छ भन्नेमा शंका’ — महासंघ अध्यक्ष शर्मा
आईतबार २० ब‌ैशाख, २०८३
इरान–तेल प्रकरण: चीनले अमेरिकाको निर्णय नमान्ने
आईतबार २० ब‌ैशाख, २०८३
राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश
शनिवार १९ ब‌ैशाख, २०८३
लालपुर्जाको दाबीपछि रोकिएको डोजर पुनः सञ्चालन, मापदण्डविपरीत निर्माण गरिएको निष्कर्ष
शनिवार १९ ब‌ैशाख, २०८३
नेकपाको मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन, संगठन विस्तार अभियान अघि बढाइने
शनिवार १९ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०