विराटनगर । गण्डकीको कप्तान विपिन खत्री कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगिता कारबाहीमा परेका छन् ।
विराटनगरमा जारी प्रतियोगिताअन्तर्गत आइतबार पुलिससँग भएको खेलमा विपिनले पुलिका खेलाडी शंकर रानाको स्टम्पिङको अपिल गरेका थिए ।
तर, अम्पायरले आउट दिएनन् ।
खेल सकिएपछि विपिनले अम्पायरको गलत निर्णयले हामी पराजित भएको भनेका विपिन कोड अफ कन्डकट लेव टु अनसनर कारबाहीमा परेका हुन् ।
म्याच रेफ्री महमद सफिकले उनलाई म्याच फिको सय प्रतिशत र ३ डिमेरी प्वाइन्ट दिएका छन् ।
उनले अब १८ महिनाभित्र क्यानले मान्यता दिएको प्रतियोगितामा एक डिमेरी प्वाइनट पाए भने एक खेलको प्रतिबन्ध भोग्ने छन् ।