प्रिमियर लिग : शीर्ष स्थानमा उक्लियो आर्सनल

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २७ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । घरेलु मैदान इमिरेट्स स्टेडियममा ब्रेन्टफर्डलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति ब्रेन्टफर्डलाई २–१ ले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लन सफल भएको हो ।

आर्सनलको जितमा डेकलन राइस र काई हाभेर्ट्जले १–१ गोल गरे । ब्रेन्टफर्डका योआन विस्साले १ गोल फर्काए ।

खेलको १९औं मिनेटमा राइसले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।

विस्साले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरेपछि ब्रेन्टफर्ड बराबरीमा फर्कियो ।

तर, ८६औं मिनेटमा हाभेर्ट्जले गोल  गर्दै आर्सनललाई २-१ गोलको जित दिलाए ।

यो जितसँगै आर्सनलको २८ खेलमा ६४ अंक भएको छ । लिभरपुल र म्यानचेस्टर सिटी समान २७ खेलमा क्रमशः ६३ र ६२ अंक छ ।

यसैबीच प्रिमियर लिगमा आइबार राति लिभरपुल र म्यानचेस्टर सिटी भिड्दै छन् । उक्त खेल जित्ने टोली पुनः शीर्ष स्थानमा उक्लिनेछ ।

प्रकाशित समय: आईतबार २७ फाल्गुण, २०८०, ०७:१५:०३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०