इलाममाथि फराकिलो जित निकाल्दै मोरङले उचाल्यो इक्वालिटी कपको उपाधि 

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २५ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा भएको तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली मोरङले जितेको छ ।

विराटनगर–६ मा रहेको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको शुक्रबारको फाइनल खेलमा इलामलाई १ सय रनले पराजित गर्दै मोरङले उपाधि जितेको हो ।

टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभर ३ विकेट गुमाई १ सय ५३ रनको विशाल स्कोर बनाएको थियो ।

मोरङकी प्लेयर अफ फाइनल सानु राजवंशीले ५९ बलमा ९ चौका प्रहार गर्दै ७२ रन बनाउँदा प्रेरणा राना मगरले नटआउट ३१ रनको योगदान दिइन् । इलामकी पस्मिता मुखियाले २ विकेट लिँदा संगिता तामाङले १ विकेट लिइन् ।

१ सय ५४ रनको विशाल लक्ष्य पाएको इलामले निर्धारित ओभरमा ५ विकेट गुमाई ५३ रन मात्र बनाउँन सक्यो । इलामकी यमुना राईले सर्वाधिक नटआउट १० रनको योगदान योगदान दिइन् ् । मोरङकी चाँदनी यादवले ३ विकेट लिँदा कृतिसा धामीले १ विकेट लिइन् ।

प्रतियोगिताको प्लेयर अफ द सिरिज मोरङकी सानु राजवंशी घोषित भइन् भने उत्कृष्ट ब्याटर इलामकी प्रियंका राई , उत्कृष्ट बलर मोरङकी सुवेक्षा लिम्बु र उदयमान खेलाडि सिरहाकी आरुषी साह घोषित भए ।
मुलुकमा महिला क्रिकेट प्रतियोगिता ज्यादै न्यून सङख्यामा हुने भएकोले त्यसलाई ध्यानमा राखि राष्ट्रियस्तरमा दक्ष खेलाडी उत्पादनमा सहयोग पु¥याउन खेलको आयोजना गरिएको नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले बताए ।

फाल्गुन २२ गतेदेखि शुरु भएको प्रतियोगितामा कोशी र मधेश प्रदेशका मोरङ, इलाम, सप्तरी र सिरहा सहभागि रहेको खेल सम्योजक विशाल साहले बताए ।

सोही अवसरमा फाइनलमा पुग्ने टिमलाई विराट टिचिङ अस्पालले सेनेटरी प्याडलगायतका सामाग्रि वितरण गरेको छ ।

विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि मोरङ जिल्ला क्रिकेट सँघका अध्यक्ष महमद साद वावु कुरैशी, सम्तरी क्रिकेट सँघका अध्यक्ष आयुस श्रेष्ठ, नेपाल क्रिकेट फाउण्डेशका अध्यक्ष अविशेक श्रेष्ठलगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।

प्रकाशित समय: शुक्रबार २५ फाल्गुण, २०८०, १८:३७:३७
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०