विराटनगर । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगरमा जारी तेस्रो संस्करण इक्वालिटी कप महिला क्रिकेट प्रतियोगिताअन्तर्गत मोरङ समूह विजेता भएको छ ।
एक खेलअगावै फाइनल पुगेको मोरङ लगातार तीन खेलमा जित निकालेर समूह विजेता भएको हो ।
विराटनगर–६ स्थित ज्वाला क्रिकेट मैदानमा भएको बिहीबारको पहिलो खेलमा इलामलाई आठ विकेटले पराजित गर्दै मोरङ समूह विजेता बनेको हो ।
इलाम पनि यसअघि नै फाइनलमा पुगेको थियो ।
दोस्रो खेलमा सप्तरीले सिरहालाई ४२ रनले पराजित गर्दै सान्त्वना जित हात पारेको छ । यसअघि दुवै टोली बाहिरिसकेका छन् ।
मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा भएको तेस्रो संस्करण इक्वालिटी कपको फाइनल खेल शुक्रबार हुने छ ।