विराटनगर । सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पाँच करोड रुपैयाँ सहयोग गरेको छ ।
अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि सरकारले सो रकम सहयोग गरेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले उल्लेख गरेको छ ।
यसै आगामी जुनमा आयोजना हुने विश्वकपमा नेपाली टोलीको तयारीका लागि सो रकम विनियोजन गरेको क्यानले जनाएको छ ।
क्यानले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस ऐतिहासिक कदमका लागि नेपाल सरकार सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव टंकलाल घिसिङ्ग सङ्घ हार्दिक आभार ब्यक्त गर्दछ ।’
क्यानले सरकार र राखेपको सहयोगले समग्र नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपुर्ण योगदान पुग्ने विश्वास समेत गरेको छ ।
नेपालले १० वर्षपछि टी–२० विश्वकप क्रिकेट खेल्न लागेको हो ।
यसअघि नेपालले सन् २०१४ मा बंगलादशेमा भएको टी–२० विश्वकप खेलेको थियो ।