नेसनल टी-२० : कर्णालीको कमब्याक जित, लुम्बिनीले पनि जित्यो

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २३ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेसनल टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश विजयी भएका छन् ।

मोरङ क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिन आज दुई खेल भएका थिए, जसमा लुम्बिनी र कर्णाली विजयी भएका हुन् ।

Advertisement

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा बुधबारको पहिलो खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ५८ रनले पराजित गर्‍यो ।

टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई एक सय ६८ रनको योगफल बनाएको थियो ।

लुम्बिनीका लागि विशाल विक्रम केसीले ३१ बलमा ४ छक्का र १ चौका प्रहार गरी ४८ रन बनाउँदा कप्तान देव खनालले २३ बलमा २ छक्का र ६ चौका प्रहार गरी ४५ रन र दिलसाद अलीले ३१ रनको योगदान दिए ।

सुदूरपश्चिमका नरेन साउदले दुई विकेट लिँदा हेमन्त धामी, दिपक बोहोरा र शेर मल्लले समान १–१ विकेट लिएका थिए ।

जवाफमा १ सय ६९ रनको लक्ष्य पाएको सुदूरपश्चिम १७ दशमलव १ बलमा सबै विकेट गुमाई १ सय ११ रनमा सीमित भयो ।

सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक १९ रन जोड्दा अविशेक पलले १८ रनको योगदान दिए ।

लुम्बिनीका म्यान अफ द म्याच निर्मल गुरुङले ३ विकेट लिँदा विर मगर र राहुल चौहानले २–२ विकेट लिए ।

यसअघि पहिलो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ४० रनले पराजित गरेको थियो ।

दोस्रो खेलमा कर्णाली प्रदेशले मधेस प्रदेशलाई तीन विकेट पराजित गर्‍यो ।

टस जितेर ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा सबै विकेट गुमाई ९० रनमा खुम्चियो ।

मधेशका प्रदीप पासवानले सर्वाधिक १८ रन बनाउँदा अविशेक तिवारीले १२ रन,अरनिको यादवले ११ रन र राजेश यादवले नटआउट ११ रनको योगदान दिए ।

कर्णलीका म्यान अफ द म्याच दिवान पुनले ३ विकेट लिँदा दिनेश अधिकारी र अनुज चहरा २–२ विकेट लिए ।

जवाफमा ९१ को सामान्य लक्ष्य पछ्याएको कर्णालीले १५ दशमलव ४ बलमा ७ विकेट गुमाई लक्ष्य पार गरेको थियो ।

कर्णालीका लागि हिमान्सु शाहीले २६ बलमा ३ छक्का र ३ चौका प्रहार गरी ३४ रन बनाउँदा अर्जुन घर्तीले १४ रन र रविद्यन्र शाहीले १२ रनको योगदान दिए ।

मधेसका रन्जित कुमारले ३ विकेट लिँदा हरिशैकर साहले २ विकेट लिए ।

यसअघि कर्णाली कोशी प्रदेशसँग ३८ रनले पराजित भएको थियो ।

अब, बिहीबारको पहिलो खेल लुम्बिनी र गण्डकी तथा दोस्रो खेल काशी र मधेश प्रदेशबीच खेल हुने मोरङ क्रिकेट संघका अध्यक्ष महमद साख बाबु कुरैसीले जानकारी दिए ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

‘गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित राखिने छैन’
मङ्गलबार २३ असार, २०८३
युएई सरकारले दियो १११ नेपाली नागरिकलाई आममाफी
मङ्गलबार २३ असार, २०८३
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने : गौरी कुमारी
मङ्गलबार २३ असार, २०८३
प्रधानमन्त्री र एडीबी अध्यक्ष कान्दाबीच भेटवार्ता
मङ्गलबार २३ असार, २०८३
नेपाली कांग्रेस नीति प्रतिष्ठानको पाँचौं बस्दै
मङ्गलबार २३ असार, २०८३
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा देवेन्द्र खत्री नियुक्त
मङ्गलबार २३ असार, २०८३
संखुवासभा र पाँचथरमा ओढार र खोल्सामा कसले लुकायो भरुवा बन्दुक?
मङ्गलबार २३ असार, २०८३
गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय
मङ्गलबार २३ असार, २०८३
अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश
सोमबार २२ असार, २०८३
बुढीगंगामा ‘नवप्रवर्तन प्रतियोगिता: दुनाटपरी बनाउने मेसिन प्रथम, आविष्कार केन्द्र स्थापनाको तयारी
सोमबार २२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०