एक वर्षपछि पुन: महिला-बालबालिका मन्त्रालय सम्हाल्दै भगवती चौधरी

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २३ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित नेकपा एमालेकी भगवती चौधरी पुनः एकपटक मन्त्री बनेकी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा रहेको मन्त्रीमण्डलमा चौधरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएकी हुन् ।

गत संसदीय दलको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई पराजित संसदीय यात्रा थालेकी उनी तेस्रो पटक मन्त्री बनेकी हुन् ।

यसअघि गत वर्षको माघ ३ गते नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वको मन्त्रीमण्डलमा उनी मन्त्री बनेकी थिइन् ।

माओवादीले एमालेसँगको सत्ता सहकार्य त्यागेर कांग्रेससँग गठबन्धन गरेपछि उनले राजीनामा दिएकी थिइन् ।

त्यसभन्दा अगाडि भने २०६४ सालको पहिलो संविधानसभामा समानुपातिक सांसद रहेकी उनी वन तथा भू-संरक्षण राज्यमन्त्री बनेकी थिइन् ।

विगतमा दुईवटा चुनाव ३ सयको झिनो मतान्तरले पराजित भएकी चौधरीले यो निर्वाचनमा भने गच्छदारलाई फराकिलो मतान्तरले हराउन सफल भएकी थिइन् ।

२०७० सालको दोस्रो संविधानसभाको निर्वाचन र २०७४ सालको संसदीय निर्वाचनमा गरी दुई पटक गच्छदारसँगको प्रतिस्पर्धामा पराजित भएकी चौधरीले तेस्रो प्रयासमा संसदको यात्रा तय गर्न सफल भएकी हुन् ।

२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा गच्छदारसँग ३ सय ६२ मतले पराजित भएकी चौधरी ०७४ सालको निर्वाचनमा भने ३ सय २१ मतको झिनो मतान्तरले पराजित भएकी थिइन् ।

२०७४ को निर्वाचनमा गच्छदारले धाँधली गरेको भन्दै पुस ११ गते भगवती सर्वोच्चमा रिट दायर गरेकी थिइन्। उनले लतपतिएको र बदर मतसमेत रुख चिन्हमा गणना गर्न लगाएको आरोप लगाएकी थिइन् ।

मुद्दा परेको तेस्रो दिन १४ पुसमा संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेपछि संसद्को कार्यकाल सकिएर निर्वाचनको मिति तय हुँदासमेत फैसला नआएपछि भगवती पुनः मैदानमा उत्रिएकी थिइन् ।

को हुन् भगवती चौधरी ?

भगवती चौधरी सुनसरीको सामान्य किसान परिवारमा जन्मे, हुर्केर राजनीतिमा आएकी हुन् ।

जननेता स्वर्गीय मदन भण्डारीको आदर्शबाट अभिप्रेरित भएर राजनीतिमा लागेको बताउने चौधरीले २०४८ सालमा अनेरास्ववियुमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेकी हुन् ।

सोही वर्ष उनले नेकपा एमालेको पार्टी सदस्यता लिएकी हुन् ।

५१ वर्षीय चौधरी लामो समयदेखि सामाजिक र आर्थिक क्षेत्रमा सक्रिय छिन् । उनको नेतृत्वमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था सञ्चालनमा छ ।

भगवतीले २०५१ सालमा फरवार्ड एनजिओ स्थापना गरेर लघुवित्त अभियानबाट सामाजिक कार्यमा सक्रिय भएकी थिइन्, उनी ।

त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी चौधरी लघुवित्तमार्फत महिलाको आर्थिक तथा सामाजिक विकासमा योगदान दिएर चर्चामा आएकी थिइन् ।

उनले एमालेको महिला संगठन अखिल नेपाल महिला संघमा समेत लामो समय काम गरेकी छिन् ।

२०५८ सालदेखि सक्रिय राजनीतिमा लागेकी उनी २०६४ सालमा नेकपा एमालेको सुनसरी जिल्ला समिति सदस्य बनेकी थिइन् ।

सोही वर्ष पहिलो संविधानसभा सदस्य भएकी उनी वन तथा भू-संरक्षण राज्यमन्त्रीसमेत भएकी थिइन् ।

२०७० सालमा कोसी अञ्चल समन्वय कमिटी सदस्य र २०७८ को चितवनमा सम्पन्न एमालेको १०औं महाधिवेशनबाट केन्द्रीय सदस्य भएकी छन् ।

प्रकाशित समय: बुधबार २३ फाल्गुण, २०८०, १७:५०:०८
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०