एक वर्षपछि पुन: महिला-बालबालिका मन्त्रालय सम्हाल्दै भगवती चौधरी

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २३ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित नेकपा एमालेकी भगवती चौधरी पुनः एकपटक मन्त्री बनेकी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा रहेको मन्त्रीमण्डलमा चौधरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएकी हुन् ।

Advertisement

गत संसदीय दलको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई पराजित संसदीय यात्रा थालेकी उनी तेस्रो पटक मन्त्री बनेकी हुन् ।

यसअघि गत वर्षको माघ ३ गते नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वको मन्त्रीमण्डलमा उनी मन्त्री बनेकी थिइन् ।

माओवादीले एमालेसँगको सत्ता सहकार्य त्यागेर कांग्रेससँग गठबन्धन गरेपछि उनले राजीनामा दिएकी थिइन् ।

त्यसभन्दा अगाडि भने २०६४ सालको पहिलो संविधानसभामा समानुपातिक सांसद रहेकी उनी वन तथा भू-संरक्षण राज्यमन्त्री बनेकी थिइन् ।

विगतमा दुईवटा चुनाव ३ सयको झिनो मतान्तरले पराजित भएकी चौधरीले यो निर्वाचनमा भने गच्छदारलाई फराकिलो मतान्तरले हराउन सफल भएकी थिइन् ।

२०७० सालको दोस्रो संविधानसभाको निर्वाचन र २०७४ सालको संसदीय निर्वाचनमा गरी दुई पटक गच्छदारसँगको प्रतिस्पर्धामा पराजित भएकी चौधरीले तेस्रो प्रयासमा संसदको यात्रा तय गर्न सफल भएकी हुन् ।

२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा गच्छदारसँग ३ सय ६२ मतले पराजित भएकी चौधरी ०७४ सालको निर्वाचनमा भने ३ सय २१ मतको झिनो मतान्तरले पराजित भएकी थिइन् ।

२०७४ को निर्वाचनमा गच्छदारले धाँधली गरेको भन्दै पुस ११ गते भगवती सर्वोच्चमा रिट दायर गरेकी थिइन्। उनले लतपतिएको र बदर मतसमेत रुख चिन्हमा गणना गर्न लगाएको आरोप लगाएकी थिइन् ।

मुद्दा परेको तेस्रो दिन १४ पुसमा संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेपछि संसद्को कार्यकाल सकिएर निर्वाचनको मिति तय हुँदासमेत फैसला नआएपछि भगवती पुनः मैदानमा उत्रिएकी थिइन् ।

को हुन् भगवती चौधरी ?

भगवती चौधरी सुनसरीको सामान्य किसान परिवारमा जन्मे, हुर्केर राजनीतिमा आएकी हुन् ।

जननेता स्वर्गीय मदन भण्डारीको आदर्शबाट अभिप्रेरित भएर राजनीतिमा लागेको बताउने चौधरीले २०४८ सालमा अनेरास्ववियुमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेकी हुन् ।

सोही वर्ष उनले नेकपा एमालेको पार्टी सदस्यता लिएकी हुन् ।

५१ वर्षीय चौधरी लामो समयदेखि सामाजिक र आर्थिक क्षेत्रमा सक्रिय छिन् । उनको नेतृत्वमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था सञ्चालनमा छ ।

भगवतीले २०५१ सालमा फरवार्ड एनजिओ स्थापना गरेर लघुवित्त अभियानबाट सामाजिक कार्यमा सक्रिय भएकी थिइन्, उनी ।

त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी चौधरी लघुवित्तमार्फत महिलाको आर्थिक तथा सामाजिक विकासमा योगदान दिएर चर्चामा आएकी थिइन् ।

उनले एमालेको महिला संगठन अखिल नेपाल महिला संघमा समेत लामो समय काम गरेकी छिन् ।

२०५८ सालदेखि सक्रिय राजनीतिमा लागेकी उनी २०६४ सालमा नेकपा एमालेको सुनसरी जिल्ला समिति सदस्य बनेकी थिइन् ।

सोही वर्ष पहिलो संविधानसभा सदस्य भएकी उनी वन तथा भू-संरक्षण राज्यमन्त्रीसमेत भएकी थिइन् ।

२०७० सालमा कोसी अञ्चल समन्वय कमिटी सदस्य र २०७८ को चितवनमा सम्पन्न एमालेको १०औं महाधिवेशनबाट केन्द्रीय सदस्य भएकी छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०