राष्ट्रिय टी–२० क्रिकेट : कोशी र सुदूरपश्चिमको विजयी सुरुआत

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २२ फाल्गुण, २०८०
२ वर्षअघि

कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेका छन् ।

प्रदेशकै ठुलो क्रिकेट प्रतियोगिता राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो दिन दुई खेल भएको थियो, जसमा कोशी र सुदूरपश्चिमले जित दर्ता गरेका हुन् ।

Advertisement

विराटनगर महानगरपालिका–१९ वैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको उद्घाटन खेलमा कर्णाली प्रदेशमाथि कोशीले कर्णालीलाई ३८ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली कोशी प्रदेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ४० रनको योगफल बनाएको थियो । कोशीका लागि कप्तान अंकित सुवेदीले ३६ बलमा १ छक्का र ६ चौका प्रहार गरी ४६ रनको योगदान दिँदा सुजन थपलियाले ३८ रन, समीर कार्कीले २० रन र दिपेश कंडेलले १४ रन जोडे ।

कर्णालीका अनुज चनाराले दुई विकेट लिँदा प्रकाश जोशी, युनिस ठकुरी, दिवान पुन, दिनेश अधिकारी र दिपेन्द्र रावतले समान एक–एक विकेट लिएका थिए ।

जवाफमा एक सय ४१ रनको लक्ष्य पाएको कर्णाली १८ दशमलव ३ बलमा अल आउट हुँदै एक सय दुई रनमा सीमित बन्यो ।

कर्णालीका हिमान्सु सुवेदीले सर्वाधिक ३४ रन जोड्दा दिनेश अधिकारीले ११ रन र दिवान पुनले १० रन जोडे । कोशीका म्यान अफ द म्याच दिपेश कँडेलले तीन विकेट लिँदा श्रवण यादवले पनि तीन विकेट लिए । त्यस्तै फिर्दोस अन्सारीले दुई विकेट लिए ।

दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ४० रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर एक सय ७२ रनको विशाल स्कोर खडा गरेको थियो ।

सुदूरपश्चिमका लागि म्यान अफ द म्याच नरेश भट्टले ४६ बलमा एक छक्का र सात चौका प्रहार गरी ६२ रनमा अविजित हुँदा किरण ठगुनाले २० बलमा पाँच छक्का र तीन चौका प्रहार गर्दै अविजित ५३ रन र खडक बोहोराले ४१ रन बनाए ।

गण्डकीका अमित गुरुङ र सन्दीप क्षेत्रीले १–१ विकेट लिए ।

जवाफमा एक सय ७३ को विजयी लक्ष्य पछ्याएको गण्डकीले १७ दशमलव ४ बलमा सबै विकेट गुमाएर एक सय ३२ रन बनायो ।

ग्ण्डकीका लागि दीपक डुम्रेले ३० बलमा एक छक्का र ६ चौका प्रहार गरी ४० रन बनाउँदा ईश्वर क्षेत्रीले १८ रन, समीर कँडेलले १४ रन, सन्दीप क्षेत्रीले १२ रन र गोविन्द विकले ११ रनको योगदान दिए ।

सुदूरपश्चिमका हेमन्त धामीले तीन विकेट लिँदा नारायण जोशी, शेर मल्ल र नरेन साउदले समान दुई–दुई विकेट लिए ।

आगामी चैत ३ गतेसम्म हुने प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय गरी १० टिमको सहभागिता छ, जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा कोशी, कर्णाली, मधेस र विभागीय टोलीद्वय आर्मी र एपिएफ क्लब छन् भने समूह ‘बी’ मा बाग्मति, लुम्बिनी, गण्डकी र नेपाल पुलिस क्लब छन् ।

प्रतियोगिताको विजेता टोलीले नगद रु ५ लाख तथा उपविजेताले तीन लाख पुरस्कारसहित ट्रफी हात पार्ने छ । प्रतियोगिता लिगको आधारमा हुने छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

‘गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित राखिने छैन’
मङ्गलबार २३ असार, २०८३
युएई सरकारले दियो १११ नेपाली नागरिकलाई आममाफी
मङ्गलबार २३ असार, २०८३
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने : गौरी कुमारी
मङ्गलबार २३ असार, २०८३
प्रधानमन्त्री र एडीबी अध्यक्ष कान्दाबीच भेटवार्ता
मङ्गलबार २३ असार, २०८३
नेपाली कांग्रेस नीति प्रतिष्ठानको पाँचौं बस्दै
मङ्गलबार २३ असार, २०८३
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा देवेन्द्र खत्री नियुक्त
मङ्गलबार २३ असार, २०८३
संखुवासभा र पाँचथरमा ओढार र खोल्सामा कसले लुकायो भरुवा बन्दुक?
मङ्गलबार २३ असार, २०८३
गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय
मङ्गलबार २३ असार, २०८३
अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश
सोमबार २२ असार, २०८३
बुढीगंगामा ‘नवप्रवर्तन प्रतियोगिता: दुनाटपरी बनाउने मेसिन प्रथम, आविष्कार केन्द्र स्थापनाको तयारी
सोमबार २२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०