इक्वालिटी कप : मोरङ र इलाम विजयीको विजयी सुरुआत

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २२ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । आजबाट विराटनगरमा सुरु भएको तेस्रो संस्करण इक्वालिटी कप महिला क्रिकेट प्रतियोगितामा मोरङ र इलाम विजयी भएका छन् ।

नेपाल क्रिकेट फाउन्डेसनले मोरङ क्रिकेट संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको पहिलो दिन मोरङ र इलाम विजयी भएका हुन् ।

मंगलबार बिहान विराटनगर–६ केशलिया रोडनजिकै रहेको म्यारिलिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा मोरङले सप्तरीलाई ८६ रनको फराकिलो रन अन्तरले पराजित गरेको हो ।

आजकै दोस्रो खेलमा इलामले सिरहालाई पाँच रनले पराजित गरेको हो ।

महिला क्रिकेटको विकास र प्रवर्द्धन गर्ने हेतुले प्रतियागिताको आयोजना गरिएको जनाए ।

प्रतियोगितामा कोशी प्रदेश र मधेस प्रदेशका चार टोली महिलाको सहभागिता रहेको छ ।

मोरङ जिल्ला क्रिकेट संघसँगको समन्वयमा हुने आँटेको उक्त प्रतियोगितामा कोशी प्रदेशका मोरङ र इलाम तथा मधेस प्रदेशका सप्तरी र सिरहाको सहभागिता रहने छ ।

जिल्ला क्रिकेट संघले छनोट गरेर पठाएका खेलाडीहरूले प्रतिनिधित्व प्रतियोगितामा रहने उनको भनाइ छ ।

प्रतियोगितामा सहभागी टोलीले एक–अर्कासँग प्रतिस्पर्धा गर्ने छन् र अंक तालिकाको शीर्ष दुई टिम उपाधिका लागि भिड्ने छन् ।

प्रतियोगिताको दोस्रो दिन बुधबार बिहान १० बजे सप्तरी र इलामले प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा सिरहा र मोरङ आमने–सामने हुने छन् ।

दोस्रो खेल दिउँसो २ बजेबाट सुरु हुने छ ।

प्रतियोगिताको फाइनल खेल भने अन्तर्राष्ट्रिय महिला दिवसको दिन हुने छ ।

प्रकाशित समय: मङ्गलबार २२ फाल्गुण, २०८०, २०:२९:२५
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०