विराटनगर । आजबाट विराटनगरमा सुरु भएको तेस्रो संस्करण इक्वालिटी कप महिला क्रिकेट प्रतियोगितामा मोरङ र इलाम विजयी भएका छन् ।
नेपाल क्रिकेट फाउन्डेसनले मोरङ क्रिकेट संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको पहिलो दिन मोरङ र इलाम विजयी भएका हुन् ।
मंगलबार बिहान विराटनगर–६ केशलिया रोडनजिकै रहेको म्यारिलिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा मोरङले सप्तरीलाई ८६ रनको फराकिलो रन अन्तरले पराजित गरेको हो ।
आजकै दोस्रो खेलमा इलामले सिरहालाई पाँच रनले पराजित गरेको हो ।
महिला क्रिकेटको विकास र प्रवर्द्धन गर्ने हेतुले प्रतियागिताको आयोजना गरिएको जनाए ।
प्रतियोगितामा कोशी प्रदेश र मधेस प्रदेशका चार टोली महिलाको सहभागिता रहेको छ ।
मोरङ जिल्ला क्रिकेट संघसँगको समन्वयमा हुने आँटेको उक्त प्रतियोगितामा कोशी प्रदेशका मोरङ र इलाम तथा मधेस प्रदेशका सप्तरी र सिरहाको सहभागिता रहने छ ।
जिल्ला क्रिकेट संघले छनोट गरेर पठाएका खेलाडीहरूले प्रतिनिधित्व प्रतियोगितामा रहने उनको भनाइ छ ।
प्रतियोगितामा सहभागी टोलीले एक–अर्कासँग प्रतिस्पर्धा गर्ने छन् र अंक तालिकाको शीर्ष दुई टिम उपाधिका लागि भिड्ने छन् ।
प्रतियोगिताको दोस्रो दिन बुधबार बिहान १० बजे सप्तरी र इलामले प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा सिरहा र मोरङ आमने–सामने हुने छन् ।
दोस्रो खेल दिउँसो २ बजेबाट सुरु हुने छ ।
प्रतियोगिताको फाइनल खेल भने अन्तर्राष्ट्रिय महिला दिवसको दिन हुने छ ।