विराटनगरमा तेस्रो संस्करणको इक्वालिटी कप क्रिकेट हुँदै

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २१ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिकामा तेस्रो संस्करणको इक्वालिटी कप क्रिकेट हुने भएको छ ।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा हुने ‘इक्वालिटी कप क्रिकेट २०२४’ नाम दिइएको उक्त प्रतियोगिता भोलि मंगलबारदेखि आगामी तीन दिनसम्म हुने जनाइएको छ ।

आयोजक नेपाल क्रिकेट फाउन्डेसनले सोमबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी यसबारे जानकारी गराएको हो ।

टी–२० फर्म्याटमा हुने सो प्रतियोगिता विराटनगर–६ केशलिया रोडनजिकै रहेको म्यारिलिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा हुने छ ।

महिला क्रिकेटको विकास र प्रवर्द्धन गर्ने हेतुले आयोजना गर्न आँटिएको प्रतियागितामा कोशी प्रदेश र मधेस प्रदेशका चार टोली महिलाको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए ।

मोरङ जिल्ला क्रिकेट संघसँगको समन्वयमा हुने आँटेको उक्त प्रतियोगितामा
प्रतियोगितामा कोशी प्रदेशका मोरङ र इलाम तथा मधेस प्रदेशका सप्तरी र सिरहाको सहभागिता रहने छ ।

जिल्ला क्रिकेट संघले छनोट गरेर पठाएका खेलाडीहरूले प्रतिनिधित्व प्रतियोगितामा रहने उनको भनाइ छ ।

श्रेष्ठका अनुसार प्रतियोगितामा सहभागी टोलीले एक–अर्कासँग प्रतिस्पर्धा गर्ने छन् र अंक तालिकाको शीर्ष दुई टिम उपाधिका लागि भिड्ने छन् ।

बिहान १० बजे र दिउँसो १ बजे गरी प्रतियोगितामा हरेक दिन दुई खेल हुने छन् ।

पहिलो दिन बिहान १० बजे मोरङ र सप्तरीले प्रतिस्पर्धा गर्ने छन् भने दोस्रो खेलमा इलाम र सिरहा भिड्ने छन् ।

बुधबार पहिलो खेलमा सप्तरी र इलामले प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा सिरहा र मोरङ आमने–सामने हुने छन् ।

तेस्रो दिन अर्थात् बिहीबारको पहिलो खेलमा मोरङ र इलाम तथा दोस्रो खेलमा सप्तरी र सिहराबीच हुने छ ।

प्रतियोगिताको फाइनल खेल भने अन्तर्राष्ट्रिय महिला दिवसको दिन हुने छ ।

विराटनगर महानगरपालिका र मोरङ क्रिकेट संघ प्रवर्द्धक संस्था रहेको यस प्रतियोगिता सम्पन्न गर्न पाँच लाख रुपैयाँ लाग्ने बताइएको छ ।

‘विशेषरी महिला दिवसको अवसर पारेर महिला क्रिकेटको विकास, प्रवर्द्र्धन र उत्थान गर्ने उद्देश्य लिएर यो प्रतियोगिता गर्न लागेका हौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘यसका लागि तयारी पूरा भइसकेको छ । भोलिबाट हुने प्रतियोगिताबाट थुप्रै नवप्रतिभाहरूलाई प्रोत्साहन पुग्ने छ ।’

मुलुकमा महिला क्रिकेट प्रतियोगिता ज्यादै न्यून संख्यामा हुने भएकोले त्यसलाई ध्यानमा राखि राष्ट्रियस्तरमा दक्ष खेलाडी उत्पादनमा सहयोग पुर्‍याउन खेलको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

कोशी र मधेस प्रदेशका महिला खेलाडीहरूको प्रतिभा पहिल्याउन पनि प्रतियोगिताको आयोजना गर्न आँटिएको फाउन्डेसनका अध्यक्ष श्रेष्ठले बताए ।

समाजमा व्याप्त लैंगिक विभेद अन्त्य गर्न पनि यो प्रतियोगिता आवश्यक रहेको उनको ठम्याइ छ ।

फाउन्डेसनका सदस्य विशाल साहले विभिन्न देशबाट महिला क्रिकेटको प्रवर्द्र्धन गर्ने उद्देश्यले क्रिकेट विथआउट बाउन्ड्रीले खेलाडीहरूलाई आवश्यक ‘टेक्निक’ सिकाउने बताए ।

उनका अनुसार स्वयम्सेवक प्रशिक्षकका रूपमा नेपाल आएको टोलीले रचना रामचन्दन, एच लाम्ब, काउप्रेडीलगायत ६ जनाको टिमले स्वयमसेवकका रूपमा प्रतियोगिता सहभागी हुने महिला क्रिकेटरलाई सिकाउने छन् ।

स्वयमसेवी प्रशिक्षक रामचन्दनले यस क्षेत्रका महिला खेलाडीमा खेलप्रति आत्मविश्वास रहेको र प्रतियोगिताले उनीहरूको कौशलतामा वृद्धि गर्न सहयोग पुग्ने बताइन् ।

बाउन्ड्रीका स्वयंसेवक प्रशिक्षक वेलायती नागरिक काउपेड्रीले महिला खेलाडीमा क्रिकेटप्रति उत्सुकता रहेको पाएको जानकारी बताए ।

अर्का स्वयंसेवक प्रशिक्षक एच लाम्वले महिलाहरूलाई घरपरिवारबाट खेल्न लगाइने बन्देज हटाउन चेतना वृद्धिको आवश्यकता रहेको उल्लेख गरे ।

प्रकाशित समय: सोमबार २१ फाल्गुण, २०८०, १८:३५:१०
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०