प्रीति राई भन्छिन् : अझ बलियो बनेर फर्किनेछौं

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १९ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले आफूहरू अझ बलियो बनेर मैदान फर्किने बताएकी छन् ।

शुक्रबार नेपाल फर्किएकी उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्ना समर्थकलाई अझ बलियो भनेर मैदान फर्किनेमा आश्वास्त बनाएकी हुन् ।

उनी सम्मीलित नेपाली टोली वाफको उपाधि भिडन्तमा जोर्डनसँग पेनाल्टीमा अभागी साबित हुँदै उपविजेतामा सीमित बनेको थियो ।

सुरुवाती अग्रता बनाएको नेपालले निर्धारित समय २-२ गोलको बराबरी खेलेको भए पनि पेनाल्टीमा ५-३ गोलको हार बेहोरेको थियो ।

स्टार फरवार्ड साबित्रा भण्डारी ‘साम्बा’ नभएको फाइनल खेलमा घाइते बनेपछि राईले मैदान छोड्नु परेको थियो ।

यो नै अन्तिम खेल नभएको बताउँदै राईले लेखेकी छन्, ‘वाफ च्याम्पियनसिप मैले खेलेका अरू प्रतियोगिताभन्दा उत्कृष्ट छ । म यसको निर्णायक खेलमा घाइते बनें, मलाई थाहा छ यो नै अन्त्य होइन । म प्रतिज्ञा गर्छु कि हामी अझ बलियो बनेर मैदान फर्किने छौं । हाम्रो लडाइँ सकिएको छैन, हामी हार्न सक्छौं तर हार स्वीकार्न सक्दैनौं ।’

यस्तै उनले महिला टोलीलाई समर्थन गरिदिएकोमा आभार प्रकट गरेकी छन् । नेपालमा जन्मिएर देशका लागि खेल्न पाएकोमा आफूलाई गर्व लागेको उनको भनाइ छ ।

त्यसैगरी, १८ सय किलोमिटर यात्रा तय गरी आफूहरूको खेल हेर्न आएकोमा धन्यवाद दिएकी छन् ।

प्रकाशित समय: शनिवार १९ फाल्गुण, २०८०, १२:४४:३१
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०