पेनाल्टीमा नेपाल अभागी साबित, जोर्डनले जित्यो उपाधि

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । जोर्डनले साउदी अरेबियामा जारी आठौं संस्करणको पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ) को उपाधि जितेको छ ।

बिहीबार राति साउदीको जेद्दाहस्थित प्रिन्स अब्दुल्लाह अलफेजल स्टेडियममा नेपाललाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि जितेको हो ।

निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा धकेलिएको थियो, जसमा जोर्डनले नेपाललाई ५-३ गोलान्तरले हरायो ।

त्यसअघि खेलको २९औं मिनेटमा नेपालकी सविता रानामगरले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् ।

खेलको ७३औं मिनेटमा जोर्डनले गोल गर्दै खेल बराबरीमा फर्काएको थियो ।

८९औं मिनेटमा पुनः गोल गर्दै जोर्डनले २-१ गोलको अग्रता बनायो ।

खेलको इन्ज्युरी समयमा गीता रानाले पेनाल्टीमा गोल गरेपछि नेपाल बराबरीमा फर्किएको थियो ।

यससँगै प्रतियोगिताको सर्वाधिक सफल टिम जोर्डनले चौथो पटक प्रतियोगिताको उपाधि जितेको छ ।

पश्चिमी क्षेत्र (गल्फ) का देशहरू सम्मिलित यस प्रतियोगितामा नेपालले भने यसपटक डेब्यु गरेको थियो ।

नेपालले आमन्त्रित टोलीको हैसियतमा पहिलो पटक सहभागिता जनाएको हो ।

पहिलो खेलमा सिरियामाथि ४-१ गोलान्तरको जित निकालेको नेपालले दोस्रो खेलमा झन् फराकिलो जित आत्मसात् गर्‍यो ।

सावित्रा भण्डारी साम्बा एक्लैले पाँच गोल गरेको खेलमा नेपालले इराकमाथि ५-० गोलान्तरको जित निकालेको थियो ।

सो जितसँगै एक खेलअगावै सेमिफाइनल प्रवेश गरेको नेपालले तेस्रो खेलमा प्यालेस्टाइनमाथि ४-० गोलको जित दर्ता गर्‍यो ।

सेमिफाइनलमा प्रीति राईको गोलको सहायताले लेबनानलाई २-१ गोलले पछार्दै फाइनलमा पुगेको नेपालले आज जोर्डनको सामना गरेको थियो ।

जोर्डनले भने सेमिफाइनलमा प्यालेस्टाइनलाई ५-० गोलान्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

त्यसअघि उसले पहिलो खेलमा आयोजक साउदीलाई ३-१ ले हराएको थियो ।

दोस्रो खेलमा ग्वाममाथि ३-० र तेस्रो खेलमा लेबनानलाई २-० गोलले हराएको जोर्डनले पनि जारी प्रतियोगितामा हार बेहोरेको थिएन ।

प्रकाशित समय: बिहिबार १७ फाल्गुण, २०८०, २३:५८:४९
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०