पेनाल्टीमा नेपाल अभागी साबित, जोर्डनले जित्यो उपाधि

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । जोर्डनले साउदी अरेबियामा जारी आठौं संस्करणको पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ) को उपाधि जितेको छ ।

बिहीबार राति साउदीको जेद्दाहस्थित प्रिन्स अब्दुल्लाह अलफेजल स्टेडियममा नेपाललाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि जितेको हो ।

Advertisement

निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा धकेलिएको थियो, जसमा जोर्डनले नेपाललाई ५-३ गोलान्तरले हरायो ।

त्यसअघि खेलको २९औं मिनेटमा नेपालकी सविता रानामगरले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् ।

खेलको ७३औं मिनेटमा जोर्डनले गोल गर्दै खेल बराबरीमा फर्काएको थियो ।

८९औं मिनेटमा पुनः गोल गर्दै जोर्डनले २-१ गोलको अग्रता बनायो ।

खेलको इन्ज्युरी समयमा गीता रानाले पेनाल्टीमा गोल गरेपछि नेपाल बराबरीमा फर्किएको थियो ।

यससँगै प्रतियोगिताको सर्वाधिक सफल टिम जोर्डनले चौथो पटक प्रतियोगिताको उपाधि जितेको छ ।

पश्चिमी क्षेत्र (गल्फ) का देशहरू सम्मिलित यस प्रतियोगितामा नेपालले भने यसपटक डेब्यु गरेको थियो ।

नेपालले आमन्त्रित टोलीको हैसियतमा पहिलो पटक सहभागिता जनाएको हो ।

पहिलो खेलमा सिरियामाथि ४-१ गोलान्तरको जित निकालेको नेपालले दोस्रो खेलमा झन् फराकिलो जित आत्मसात् गर्‍यो ।

सावित्रा भण्डारी साम्बा एक्लैले पाँच गोल गरेको खेलमा नेपालले इराकमाथि ५-० गोलान्तरको जित निकालेको थियो ।

सो जितसँगै एक खेलअगावै सेमिफाइनल प्रवेश गरेको नेपालले तेस्रो खेलमा प्यालेस्टाइनमाथि ४-० गोलको जित दर्ता गर्‍यो ।

सेमिफाइनलमा प्रीति राईको गोलको सहायताले लेबनानलाई २-१ गोलले पछार्दै फाइनलमा पुगेको नेपालले आज जोर्डनको सामना गरेको थियो ।

जोर्डनले भने सेमिफाइनलमा प्यालेस्टाइनलाई ५-० गोलान्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

त्यसअघि उसले पहिलो खेलमा आयोजक साउदीलाई ३-१ ले हराएको थियो ।

दोस्रो खेलमा ग्वाममाथि ३-० र तेस्रो खेलमा लेबनानलाई २-० गोलले हराएको जोर्डनले पनि जारी प्रतियोगितामा हार बेहोरेको थिएन ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०