पेनाल्टीमा धकेलियो नेपाल र जोर्डनबीचको खेल

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । साउदी अरेबियामा जारी आठौं संस्करणको पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ) को फाइनल खेलमा अहिले नेपालले जोर्डनसँग खेलिरहेको छ ।

साउदीको जेद्दाहस्थित प्रिन्स अब्दुल्लाह अलफेजल स्टेडियममा जारी खेल पेनाल्टी सुटआउटमा धकेलिएको छ ।

निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा धकेलिएको हो ।

खेलको २९औं मिनेटमा नेपालकी सविता रानामगरले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् ।

खेलको ७३औं मिनेटमा जोर्डनले गोल गर्दै खेल बराबरीमा फर्काएको थियो ।

८९औं मिनेटमा पुनः गोल गर्दै जोर्डनले २-१ गोलको अग्रता बनायो ।

खेलको इन्ज्युरी समयमा गीता रानाले पेनाल्टीमा गोल गरेपछि नेपाल बराबरीमा फर्किएको हो ।

यस खेलमा नेपाल र जोर्डन दुवै एक-अर्कालाई हराउँदै उपाधि उचाल्ने दाउमा हुने छन् ।

जोर्डन प्रतियोगिताको सर्वाधिक सफल टिम हो । उसले तीन पटक प्रतियोगिताको उपाधि जितेको छ ।

पश्चिमी क्षेत्र (गल्फ) का देशहरू सम्मिलित यस प्रतियोगितामा नेपालले भने यसपटक डेब्यु गरेको हो ।

नेपालले आमन्त्रित टोलीको हैसियतमा पहिलो पटक सहभागिता जनाएको हो ।

पहिलो खेलमा सिरियामाथि ४-१ गोलान्तरको जित निकालेको नेपालले दोस्रो खेलमा झन् फराकिलो जित आत्मसात् गर्‍यो ।

सावित्रा भण्डारी साम्बा एक्लैले पाँच गोल गरेको खेलमा नेपालले इराकमाथि ५-० गोलान्तरको जित निकालेको थियो ।

सो जितसँगै एक खेलअगावै सेमिफाइनल प्रवेश गरेको नेपालले तेस्रो खेलमा प्यालेस्टाइनमाथि ४-० गोलको जित दर्ता गर्‍यो ।

सेमिफाइनलमा प्रीति राईको गोलको सहायताले लेबनानलाई २-१ गोलले पछार्दै फाइनलमा पुगेको नेपालले आज जोर्डनको सामना गर्न आँटेको हो ।

जोर्डनले भने सेमिफाइनलमा प्यालेस्टाइनलाई ५-० गोलान्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

त्यसअघि उसले पहिलो खेलमा आयोजक साउदीलाई ३-१ ले हराएको थियो ।

दोस्रो खेलमा ग्वाममाथि ३-० र तेस्रो खेलमा लेबनानलाई २-० गोलले हराएको जोर्डनले पनि जारी प्रतियोगितामा हार बेहोरेको छैन ।

प्रकाशित समय: बिहिबार १७ फाल्गुण, २०८०, २३:४६:०७
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश
सोमबार ११ जेठ, २०८३
न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने सांसद् न्यौपानेको माग
सोमबार ११ जेठ, २०८३
दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर
सोमबार ११ जेठ, २०८३
भूमि मन्त्रालयअन्तर्गत १३ अर्बभन्दा बढी बेरुजु, फर्छ्यौट सुस्त
सोमबार ११ जेठ, २०८३
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्धको पक्राउ पुर्जी सम्बन्धी रिट आज सुनुवाइमा
सोमबार ११ जेठ, २०८३
सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोक्ने प्रक्रिया हटाउने तयारीप्रति बार अध्यक्ष मिश्रको आपत्ति
सोमबार ११ जेठ, २०८३
भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट
सोमबार ११ जेठ, २०८३
मोबाइल चार्ज गर्ने बहानामा बुहारीको कोठा पसेका जेठाजुलाई लाग्यो बलात्कार आरोप, ससुरा फरार
सोमबार ११ जेठ, २०८३
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ
आईतबार १० जेठ, २०८३
‘फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ’
आईतबार १० जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०