यस्तो छ, जोर्डनविरुद्ध नेपालको सुरुआती-११

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । साउदी अरेबियामा जारी पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ)को फाइनल खेल आज हुँदै छ ।

आठौं संस्करणको वाफको उपाधिका लागि आज नेपाली टोलीले जोर्डनको सामना गर्ने छ । नेपाल र जोर्डनबीचको खेल नेपाली समयानुसार बेलुका ९ः४५ बजेबाट सुरु हुने छ ।

साउदीको जेद्दाहस्थित प्रिन्स अब्दुल्लाह अलफेजल स्टेडियममा हुने यस खेलमा नेपाल र जोर्डन दुवै एक-अर्कालाई हराउँदै उपाधि उचाल्ने दाउमा हुने छन् ।

जोर्डन प्रतियोगिताको सर्वाधिक सफल टिम हो । उसले तीन पटक प्रतियोगिताको उपाधि जितेको छ ।

पश्चिमी क्षेत्र (गल्फ) का देशहरू सम्मिलित यस प्रतियोगितामा नेपालले भने यसपटक डेब्यु गरेको हो ।

नेपालले आमन्त्रित टोलीको हैसियतमा पहिलो पटक सहभागिता जनाएको हो ।

पहिलो खेलमा सिरियामाथि ४-१ गोलान्तरको जित निकालेको नेपालले दोस्रो खेलमा झन् फराकिलो जित आत्मसात् गर्‍यो ।

सावित्रा भण्डारी साम्बा एक्लैले पाँच गोल गरेको खेलमा नेपालले इराकमाथि ५-० गोलान्तरको जित निकालेको थियो ।

सो जितसँगै एक खेलअगावै सेमिफाइनल प्रवेश गरेको नेपालले तेस्रो खेलमा प्यालेस्टाइनमाथि ४-० गोलको जित दर्ता गर्‍यो ।

सेमिफाइनलमा प्रीति राईको गोलको सहायताले लेबनानलाई २-१ गोलले पछार्दै फाइनलमा पुगेको नेपालले आज जोर्डनको सामना गर्न आँटेको हो ।

जोर्डनले भने सेमिफाइनलमा प्यालेस्टाइनलाई ५-० गोलान्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

त्यसअघि उसले पहिलो खेलमा आयोजक साउदीलाई ३-१ ले हराएको थियो ।

दोस्रो खेलमा ग्वाममाथि ३-० र तेस्रो खेलमा लेबनानलाई २-० गोलले हराएको जोर्डनले पनि जारी प्रतियोगितामा हार बेहोरेको छैन ।

प्रकाशित समय: बिहिबार १७ फाल्गुण, २०८०, २१:२१:३१
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०