साम्बाको रेकर्ड : बनिन् दक्षिण एसियाको सर्वाधिक गोलकर्ता

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १६ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी‘साम्बा’ नयाँ रेकर्ड बनाएकी छन् ।

मंगलबार राति सम्पन्न सेमिफाइनलमा खेलमा एक गोल गरेकी साम्बा दक्षिण एसियामा महिलातर्फ सर्वाधिक गोल गर्ने खेलाडी बनेकी हुन् ।

नेपालले सेमिफाइनलमा लेबनानलाई २-१ गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो, जसमा साम्बा र प्रीति राईले एक-एक गोल गरेका थिए ।

यससँगै साम्बाले वाफ महिला च्यायम्पियनसिपअन्तर्गत ९ गोल गरिन् ।

उनले भारतीय बालादेवीको नाममा रहेको ५२ गोलको रेकर्ड तोडेकी हुन् ।

सावित्रीले ४६ खेलबाट ५३ गोल गर्दै बालादेवीको रेकर्ड तोडेको हुन् । भारतीय बाला देवीले ६४ खेलमा ५२ गोल गरेकी थिइन् ।

नेपाली महिला फुटबलतर्फ अन्तर्राष्ट्रिय जगतमा परिचय बनाउन सफल साम्बा युरोपेली लिगमा माथिल्लो स्तरको क्लबबाट खेल्ने एकमात्र खेलाडी हुन् ।

उनले फ्रेन्च क्लब अन आभान्ट ग्वेंगाम्पसँग डेढ वर्षको सम्झौता गरेर खेलिरहेकी छन् ।

केही समयअघि उनी इजरायली क्लब हापोएल रानानाबाट ब्यबसायिक फुटबल खेलेकी थिइन् । तर युद्धका कारण उनी इजरायलबाट फर्किएकी थिइन् । उनले छोटो समयमा नै इजरायली क्लबमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दा उनी फ्रेन्च क्लबको नजरमा परेकी थिइन् ।

हाल साउदी अरबमा जारी वाफ महिला च्याम्पियनसिपमा ९ गोल सहित गोल्डेन बुटको दावेदार रहेकी साम्बाले सिरिया विरुद्ध १ गोल, इराकविरुद्ध ५ गोल, प्यालेस्टाइनविरुद्ध २ गोल र सेमिफाइनलमा लेबनानविरुद्ध १ गोल गरिसकेकी छन् ।

इराक विरुद्ध ५ गोल गर्दै उनले नेपालको तर्फबाट ५० अन्तरास्ट्रिय गोलको कोषेढुंग आपार गरेकी थिइन् । अन्तरास्ट्रिय खेल मिडियाले नेपाली स्टार साम्बालाई गोल मेसिनको उपमा दिने गरेका छन् ।

प्रकाशित समय: बुधबार १६ फाल्गुण, २०८०, ११:२९:४२
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०