नेपालले हार्‍यो टी-२० मा नामिबियासँग

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १५ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी-२० क्रिकेट सिरिजमा नामिबियासँग हार बेहोरेको छ ।

मंगलबार कीर्तिपुर मैदानमा भएको सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग २० रनको हार बेहोरेको हो ।

नामिबियाले प्रस्तुत गरेको २ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल एक बल बाँकी छँदै १ सय ८६ रनमा अलआउट भयो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४८ रन बनाएका थिए भने कप्तान रोहित पौडेलले ४२ रन बनाए । कुशल मल्ले ३२ रनको योगदान गरे । सोमपाल कामी २६ रनमा आउट भएका थिए ।

कुशल भुर्तेल डकआउट भएको नेपालको इनिङ्सका अर्का ओपनर आसिफ शेख ६ रनमा आउट भएका थिए ।

गुलसन झा १२, सन्दीप जोरा ५, विवेक यादव ६ र अविनाश बोहोरा शुन्य रनमा पोविलियन फर्किए । करन केसी २ रनमा नटआउट रहे ।

रुबेन ट्रम्पेलमेनले ४ विकेट लिएको खेलमा नामिबियाका लागि बर्नार्ड शोल्ट्ज, जान फ्राइलिन्क र जान निकोनले समान दुई दुई विकेट हात पारेका थिए ।

नेपालको इनिङ्सको पहिलो बलमै कुशललाई डकआउट गरेका ट्रम्पेलमेनले दीपेन्द्र सिंह ऐरीको महत्वपुर्ण विकेट लिएका थिए । अन्तिम विकेटको रुपमा आएका अविनाशलाई बोल्ड गर्दै ट्रम्पेलमेनले खेल आफ्नो पक्षमा पारे ।

यसअघि, कीर्तिपुर मैदानमा टस जितेर ब्याटिङ गरेको नामिबियाले ४ विकेटको क्षतीमा २ सय ६ रन बनाएको थियो ।

जान निकोलको शतकीय ईनिङ्समा नामिबियाले नेपालविरुद्ध उच्च स्कोर खडा गरेको थियो । मालन क्रुगरले अविजित ५९ रनको शानदार इनिङ्स खेले । ओपनर माइकल बेन लिन्गन २० रन बनाएर आउट भएका थिए ।

कप्तान रोहित पौडेलले दुई तथा करन केसी र अविनाश बोहराले समान एक एक विकेट लिएका थिए ।

नेपालले सिरिजको दोस्रो खेलमा भोलि बुधबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।

आइसिसी विश्वकप लिग-टूअन्तर्गतको खेल सकिए ‍लगत्तै नेपालले नेदरल्याण्ड्स र नामिबियालाई समावेश गरेर त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो ।

यस वर्ष टी-२० विश्वकप खेल्न लागेको नेपालले प्रतियोगिताको तयारीस्वरूप टीऔ२० सिरिजको आयोजना गरेको हो ।

प्रकाशित समय: मङ्गलबार १५ फाल्गुण, २०८०, १८:१४:१८
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०