विराटनगरमा दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता हुने

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १५ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता विराटनगरमा हुने भएको छ ।

मंगलबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले यसै फागुन १७ गतेदेखि २० गतेसम्म सो प्रतियोगिता हुने जनाएको हो ।

नेपाल क्रिकेट फाउन्डसन र क्रिकेट विथआउट बाउन्ड्रीको सहयोगमा हुने सो प्रतियोगिता विराटनगर महानगरपालिका-६ स्थित ज्वाला क्रिकेट मैदानमा हुने छ ।

१६ ओभरको हुने उक्त प्रतियोगितामा विराटनगरका ६ वटा सामुदायिक विद्यालयहरूको सहभागिता रहने नेपाल क्रिकेट फाउन्डेससनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा विराटनगरको आर्दश, बालिका, महेन्द्र, सरस्वती, सत्यानारयण र मिल्स स्कुलका महिला खेलाडीहरूले भाग लिने उनले बताए ।

प्रतियोगितामा दैनिक ६ वटा खेलहरू हुने छन् । लिगको आधारमा प्रतियोगिता हुने छ । उनले लिग चरणमा प्रतियोगिता हुने र अंकको आधारमा शीर्ष दुईवटा टोलीले फाइनल खेल्ने छन् ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरूलाई छात्रवृत्ति प्रदान गरिने छ ।

प्रतियोगितामा उत्कृष्ट बलर, प्लेयर अफ द सिरिज, उत्कृष्ट विकेट किपर, उदयमान खेलाडी र उत्कृष्ट ब्याटरलाई छात्रवृत्ति प्राप्त गर्ने भएका छन् ।

यो प्रतियोगिताबाट १४ जना खेलाडीहरू छनोट गरेर राजविराजमा चैतमा हुने टि–२० क्रिकेट प्रतियोगितामा खेखाइने बताइएको छ ।

प्रकाशित समय: मङ्गलबार १५ फाल्गुण, २०८०, १८:०५:५२
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०