सन्दीपले मुद्दा लड्दा जेलभित्र बस्न नपर्ने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १० फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले थुनाबाहिरै बसेर पुनरावेदन गर्न पाउने भएका छन् ।

काठमाडौं जिल्ला अदालतको फैसलामाथि पुनरावेदन गर्न बिहीबार उच्च अदालत पाटनले माग बमोजिम लामिछानेलाई थुनाबाहिरै बसेर पुनरावेदनको सुविधा दिइएको हो ।

सन्दीपको मागअनुसार पाटन उच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीबाट भएको आदेशमा थुनाबाहिरै बसेर पुनरावेदन गर्ने सुविधा दिइएको हो ।

उच्च अदालत पाटनका प्रवक्ता उपरजिस्ट्रार तीर्थराज भट्टराईका अनुसार बिहीबार उच्च अदालतमा सन्दीपले पुनरावेदन दर्ता भएसँगै अब तारिखमा बस्न पाउने भएका हुन् ।

कार्कीका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ अनुसार थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने गरी आज पुनरावेदन मुद्दा दर्ता भएको हो ।

लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३७ को सुविधा दिइएको हो ।

जिल्ला अदालतले तोकेको २० लाख रुपियाँ धरौटी वापतको रकम कटौती हुनेगरी उनले तारिखमा बस्न पाउने भएका हुन् ।

जिल्ला अदालत काठमाडौंबाट लामिछानेलाई २५ पुसमा ५ वर्ष कैद तीन लाख रुपैयाँ जरिवाना र १२ हजार रुपैयाँ पीडित राहत कोषमा बुझाउनुपर्ने तथा पीडितलाई क्षतिपूर्तिबापत दुई लाख रुपियाँ भराइदिने फैसला भएको थियो ।

गत पुस १३ गते गौशाला–२६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्ने उक्त अदालतले निर्णय गरेको थियो ।

लामिछानेविरुद्ध २०७९ भदौ २१ गते बालिका बलात्कार गरेको उजुरी परेको थियो ।

अघिल्लो वर्ष भदौ ५ गते सन्दीपले गौशालाको एक होटलमा लगेर बलात्कार गरेको भन्दै सरकारी वकिलले मुद्दा दायर गरेका थिए ।प्रहरीले भदौ २२ गते मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो।

भदौ २३ मा काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

प्रकाशित समय: बिहिबार १० फाल्गुण, २०८०, २०:४७:१०
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०