नेपालले भारतमा त्रिकोणात्मक सिरिज खेल्ने

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ८ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । भारतको रणजी ट्रफी खेल्ने टिमसँग नेपालले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने भएको छ ।

सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले चैत १८ गतेदेखि हुने प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ, जसमा भारतको क्षेत्रीय टिम गुजरात र बरोडा रहेका छन् ।

सिरिजका सबै खेल गुजरातमा हुनेछन् ।

मार्च २१ मा गुजरातविरुद्ध खेल्दै नेपालले टी-२० सिरिजको सुरुवात गर्ने छ । डबल राउन्ड रोबिनका आधारमा शीर्ष दुई टिमले अप्रिल ७ मा फाइनल खेल्नेछन् ।

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आएका बेला क्यानले भारतीय टोलीसँग मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको थियो ।

सोही प्रस्तावअनुसार भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले क्षेत्रीय टोलीसँग नेपालको प्रतिस्पर्धाका लागि राजी भएको बताइएको छ ।

क्यान म्यानेजर विनोद दासका अनुसार भारतको रणजी ट्रफी खेल्ने टिमसँग नेपालको राष्ट्रिय टिमले सिरिज खेल्न आँटेको हो ।

नेपालले खेल्न लागेका गुजरात र बरोडा दुवैले भारतमा रणजी ट्रफी खेल्दै आएका छन् ।

रणजी ट्रफी भारतको प्रिमियर घरेलु पहिलो क्लासको क्रिकेट प्रतियोगिता हो, जुन प्रतियोगिता भारतीय क्रिकेट बोर्डले हरेक वर्ष आयोजना गर्ने गर्छ । जसमा क्षेत्रीय र राज्य स्तरका क्रिकेट टिम सहभागी हुने गर्छन् ।

भारत विश्व क्रिकेटको शक्तिशाली राष्ट्र हो । भारतीय टिमसँग खेलिने सिरिजले नेपाली क्रिकेटको विकास र खेलाडीको एक्सपोजरमा महत्वपुर्ण योगदान पुग्ने विश्वास क्यानको छ ।

प्रकाशित समय: मङ्गलबार ८ फाल्गुण, २०८०, ०७:२६:२६
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०