नेपालले भारतमा त्रिकोणात्मक सिरिज खेल्ने

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ८ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । भारतको रणजी ट्रफी खेल्ने टिमसँग नेपालले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने भएको छ ।

सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले चैत १८ गतेदेखि हुने प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ, जसमा भारतको क्षेत्रीय टिम गुजरात र बरोडा रहेका छन् ।

Advertisement

सिरिजका सबै खेल गुजरातमा हुनेछन् ।

मार्च २१ मा गुजरातविरुद्ध खेल्दै नेपालले टी-२० सिरिजको सुरुवात गर्ने छ । डबल राउन्ड रोबिनका आधारमा शीर्ष दुई टिमले अप्रिल ७ मा फाइनल खेल्नेछन् ।

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आएका बेला क्यानले भारतीय टोलीसँग मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको थियो ।

सोही प्रस्तावअनुसार भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले क्षेत्रीय टोलीसँग नेपालको प्रतिस्पर्धाका लागि राजी भएको बताइएको छ ।

क्यान म्यानेजर विनोद दासका अनुसार भारतको रणजी ट्रफी खेल्ने टिमसँग नेपालको राष्ट्रिय टिमले सिरिज खेल्न आँटेको हो ।

नेपालले खेल्न लागेका गुजरात र बरोडा दुवैले भारतमा रणजी ट्रफी खेल्दै आएका छन् ।

रणजी ट्रफी भारतको प्रिमियर घरेलु पहिलो क्लासको क्रिकेट प्रतियोगिता हो, जुन प्रतियोगिता भारतीय क्रिकेट बोर्डले हरेक वर्ष आयोजना गर्ने गर्छ । जसमा क्षेत्रीय र राज्य स्तरका क्रिकेट टिम सहभागी हुने गर्छन् ।

भारत विश्व क्रिकेटको शक्तिशाली राष्ट्र हो । भारतीय टिमसँग खेलिने सिरिजले नेपाली क्रिकेटको विकास र खेलाडीको एक्सपोजरमा महत्वपुर्ण योगदान पुग्ने विश्वास क्यानको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०