ग्रामथानमा खेलकुद : दौडमा सञ्जु र सुबिना प्रथम बन्दा, हाजिरी जवाफमा सरस्वती मावि पहिलो

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर। मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर १ ले ७४औं प्रजातन्त्र दिवसको अवसर पारेर हाजिरी जवाफ तथा खुल्ला दौड प्रतियोगिता आयोजना गरेको छ ।

सोमबार वीरेन्द्र मावि ग्रामथान गाउँपालिका-१ पूर्वविद्यार्थी समाजको सहकार्यमा अन्तर विद्यालय हाजिरी जवाफ तथा खुल्ला दौड प्रतियोगिता भएको हो ।

लखन्तरी रविहाट चोकबाट सुरु भई पिँडारबनीसम्म फन्को लगाई गरेको पुरुषतर्फको तीन हजार मिटर दौड प्रतियोगितामा बूढीगंगा गाउँपालिका-५ का सन्जु सरदार प्रथम, बूढीगंगा-५ कै दीपक सरदार दोस्रो स्थान र नेताचौक मोडेल एकेडेमी ग्रामथान गाउँपालिका-६ का रवि विक तेस्रो स्थान हासिल गर्न सफल भए ।

त्यस्तै, महिलातर्फको एक हजार मिटर दौड प्रतियोगितामा बुद्ध इंग्लिस बोर्डिङ स्कुल ग्रामथानकी सुबिना बस्नेत प्रथम बनिन् भने बूढीगंगा गाउँपालिका-६ की सुजिता माझी दोस्रो तथा वाणि सेकेन्डरी स्कुलका ग्रामथान-३ का सदीक्षा माझी तेस्रो स्थान हासिल गर्न सफल भइन् ।

त्यसैगरी, खुला हाजिरी जवाफ प्रतियोगितामा ग्रामथान गाउँपालिकाभरिका स्कूलले भाग लिएका थिए ।

सरस्वती मावि झोराहाट, शारदा बोर्डिङ स्कुल, पशुपति बोर्डिङ स्कुल, बुद्ध बोर्डिङ स्कुल, वाणि मावि, वीरेन्द्र माबि र नेताचोक मोडेल स्कुलले भाग लिएका थिए ।

उक्त हाजिरी जवाफ प्रतियोगितामा सरस्वती मावि झोराहाट प्रथम, वीरेन्द्र मावि, लखन्तरी दोस्रो र शारदा बोर्डिङ स्कुल झोराहाट तृतीय र पशुपति बोर्डिङस्कूल नेताचोकले चौथो स्थान हासिल गरेको कुरा पूर्वथारू विद्यार्थी समाजका सदस्य सञ्जीव चौधरीले जानकारी गराएका छन् ।

कार्यक्रममा प्रथम, दोस्रो र तेस्रो स्थान पाउन सफल विद्यार्थीहरूलाई आयोजक तथा पूर्वथारू विद्यार्थी समाजका प्रतिनिधिले पुरस्कार तथा सम्मानपत्रले स्वागत गरेका थिए ।

कार्यक्रमाको प्रमुख अतिथि ग्रामथान-१ का वडा अध्यक्ष सुरेशकुमार माझी रहेका थिए ।

उक्त कार्यक्रममा स्वागत मन्तब्य लेखक राजेशकुमार सरदार थारूले राखेका थिए भने शुभकामना मन्तव्य वीरेन्द्र माविका प्रअ मनोज रम्तेलले दिएका थिए ।

कार्यक्रममा ग्रामथान-१ का वडासदस्यहरू सञ्जय माझी र आनन्द सरदार थारूको पनि उपिस्थति रहेको थियो ।

कार्यक्रमको सभापतित्व वीरेन्द्र माविका पूर्वथारू विद्यार्थी समाजका अध्यक्ष राजीव चौधरीले गरेका थिए ।

प्रकाशित समय: सोमबार ७ फाल्गुण, २०८०, २१:००:१९
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०