विराटनगर । क्यानडासँगको मैत्रीपूर्ण एक दिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ ।
आइतबार मूलपानी क्रिकेट मैदानमा नेपाल भ्रमणमा रहेको क्यानडासँग नेपाल चार विकेटले पराजित भयो ।
जितका लागि दुई सय १७ रनको लक्ष्य पछ्याएको क्यानडाले ४९.३ ओभरका ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । क्यानडाका लागि नवनीत धलिवालले सर्वाधिक ८० रन बनाए ।
निखिल दत्तले अविजित ६७, कप्तान साद विन जफरले २३, श्रेयस मोम्भाले अविजित २२ र दिलप्रति बाज्वाले १० रन बनाए ।
नेपाल ‘ए’ का लागि साहब आलमले दुई विकेट लिँदा रासिद खान, बसिर अहमद प्रतिशत जित र सागर ढकालले एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय १६ रन बनाएको थियो ।
नेपालका लागि बसिर अहमदले अविजित ५० रन बनाउँदा रासिद खानले ४०, मायन यादवले समान ३६, किरण ठगुन्नाले २५ विवेक यादवले २३ र सन्दीप जोराले १४ रन जोडे ।
बलिङमा क्यानडका कप्तान साद बिन जाफले तीन विकेट लिए भने ईश्वरजीत सोहीले दुई तथा डिलोन हेलिगर, हर्ष ठेकर र शाहिद अहमदजाइले एक एक विकेट लिए ।
नेपाल ‘ए’ ले क्यानडासँग तीन खेलको सिरिज खेलेको हो । पहिलो जितसँगै क्यानलाले सिरिजका १–० को अग्रता लिएको छ ।