विराटनगर । ई–स्पोर्ट्स एसोसिएसन अफ नेपालको कोशी प्रदेशको अध्यक्षमा विमल भट्टराई चयन भएका छन् ।
सोमबार विराटनगरमा आयोजित एक भेलाले प्रदेश तदर्थ समितिको अध्यक्षमा भट्टराईलाई चुनेको हो ।
समितिको उपाध्यक्षद्वयमा अविनाश लिम्बू र रबेश कोइराला छानिएका छन् ।
समितिको सचिव, सह–सचिव र कोषाध्यक्ष क्रमशः पर्वतराज निरौला, अमर मण्डल र सञ्जु कोइराला छनोट हुँदा सदस्यहरुरूमा भने मनसुन वाग्ले, तेजबहादुर कटुवाल, धिरोजकुमार चौधरी, रोहित यादव, सुष्मा यादव र प्रल्हाद गुरागाईं चुनिएका छन् ।
एसोसिएसनका केन्द्रीय अध्यक्ष अञ्जन धमलाको उपस्थितिमा भएको भेलामा प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशका सदस्य सचिव हंसराज वाग्लेले निर्वाचित समितिका पदाधिकारीले शुभकामना दिएका थिए ।
सोमबार नै ई–स्पोर्ट्स एसोसिएसन अफ नेपाल, कोशी प्रदेश, प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशमा सूचीकृत भएको छ ।