विराटनगर । नेपाल-क्यानडाबीचको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज तेस्रो तथा अन्तिम खेल हुँदै छ ।
त्रिवि मैदान कीर्तिपुरमा बिहान ९:१५ बजे हुने यस खेलमानेपाल सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा रहँदा क्यानडा भने पहिलो जितको खोजीमा रहनेछ ।
नेपालले क्यानडाविरूद्ध अन्तिम खेल खेल्नुअघि नै सिरिज आफ्नो पक्षमा पारिसकेको छ । पहिलो खेलमा नेपालले ७ रन र दोस्रो खेलमा ८ विकेटको सानदार जित निकालेको थियो ।
आजको खेल जितेमा नेपालले सिरिज क्लिनस्विप गर्नेछ । सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो एकदिवसीय सिरिज खेलेको हो ।
एकदिवसीय फर्म्याटका खेलमा यसअघि प्रतिस्पर्धा भए पनि नेपाल र क्याडनाले पहिलो पटक एकदिवसीय मान्यता प्राप्त खेल खेलिरहेको छ ।