त्रिकोणात्मक सिरिज : नेपालको पहिलो खेल नामिबियासँग

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २७ माघ, २०८०
३ वर्षअघि
त्रिदेशीय टी–२०

विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेल नामिबियासँग खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार सिरिजको खेल तालिका सार्वजनिक गर्दै नेपालको पहिलो प्रतिद्वन्द्वी नामिबिया हुने जनाएको हो ।

नेपाल र नामिबियाबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी फागुन १५ गते हुने छ ।

नेपालले दोस्रो खेल फागुन १६ गते नेदरल्यान्ड्ससँग खेल्नेछ भने लिग चरणको तेस्रो खेल फागुन १८ गते नामिबियासँग खेल्ने छ ।

यस्तै, लिग चरणको अन्तिम खेल फागुन १९ गते नेदरल्याण्ड्ससँग खेल्ने तय भएको छ । फागुन २२ गते सिरिजको फाइनल खेल हुने छ ।

डबल राउन्ड रोबिनका आधारमा हुने उक्त सिरिज नेपालमा यसै सातादेखि सुरु हुने छ ।

आइसिसी क्रिकेट विश्वकप लिग–२ खेल्न नामिबिया र नेदरल्यान्ड्सको क्रिकेट टोली नेपाल आउँदै छ ।

आइसिसी टी–२० विश्वकप, २०२४ का लागि छनोट भएको नेपालले प्रतियोगिताको तयारीका लागि लगातार दुईवटा सिरिज खेल्न लागेको हो ।

नेपालले अहिले क्यानडासँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलिरहेको छ ।

क्यानडासँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजलगत्तै नेपालले विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्ने छ ।

उक्त सिरिज आगामी फागुन ३ देखि १३ गतेसम्म चल्ने छ ।

लिग–२ त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा यसअघि नै भइसकेको छ ।

उक्त टोलीको कप्तानमा रोहितकुमार पौडेल तथा अन्य खेलाडीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र रिजन ढकाल तथा वैकल्पिक खेलाडीमा प्रतिस जिसी, देव खनाल, अनिल शाह र विवेक यादव रहेका छन् ।

प्रकाशित समय: शनिवार २७ माघ, २०८०, ०७:३८:०८
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०