सन्न्यास लिएको ३० महिनापछि फेरि क्रिकेट खेल्ने तयारीमा पारस

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २६ माघ, २०८०
३ वर्षअघि

विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले खेलबाट सन्न्यास लिएको ३० महिना पुग्यो ।

धेरैलाई आश्चर्यमा पार्दै पारसले २०७८ साउनमा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए ।

करिब दुई दशकको क्रिकेट करियर अन्त्य गरेका पारस अब पुन: क्रिकेट खेल्न तयारीमा छन् ।

क्यानका सचिवसमेत रहेका पारसले रुपन्देहीमा निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन कार्यक्रममा हुने मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता खेल्न लागेका हुन् ।

मैदान उद्घाटनको क्रममा चार टोलीबीच टी-१० प्रतियोगिता आयोजना हुने छ, फागुन १४ गते हुने उद्घाटन खेलमा पारसले पनि खेल्ने छन् ।

उक्त अवसरमा सोही मैदानमा नेपालको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी–२० विश्वकप खेलेको नेपाली टोली, रुपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपालबिच क्रिकेट प्रतियोगिता हुने छ ।

पूर्व कप्तान पारसले सन् २०१४ टोलीको कप्तानी गर्ने छन् ।

पारस नेपाली क्रिकेटमै सम्भवत: सबैभन्दा उत्कृष्ट खेलाडी हुन् ।

सन् २००२ मा उमेर समूहबाट क्रिकेट खेल्न सुरु गरेका पारसले सन् २००४ मा इन्टरकन्टिनेन्टल कपमार्फत सिनियर टिममा डेब्यु गरेका थिए ।

सन् २००९ मा २२ वर्षको उमेरमै सिनियर टिमको कप्तान बनेका पारसले आफ्नो नेतृत्वमा नेपाललाई धेरै उपाधि र उपलब्धी दिलाएका थिए ।

सन् २०२० मार्चमा थाइल्यान्डमा एसिसी टी-२० इस्टर्न रिजन नै राष्ट्रिय टिममा पारसको लागि अन्तिम खेल बनेको थियो ।

प्रकाशित समय: शुक्रबार २६ माघ, २०८०, २१:२१:४२
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०