विराटनगरमा राष्ट्रिय टी–२० च्याम्पियनसिप आयोजना हुने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २५ माघ, २०८०
३ वर्षअघि

विराटनगर । मोरङ क्रिकेट संघले राष्ट्रिय टी–२० च्याम्पियनसिपको घोषणा गरेको छ । बिहीबार विराटनगरस्थित श्रीकृष्ण होटलमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले च्याम्पियनसिपको घोषणा गरेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) र कोशी प्रदेश सरकारसँगको समन्वयमा उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको संघले जनाएको छ । विराटनगर महानगरपालिका–१९ स्वर्गीय गिरिजाप्रसाद कोइराला खेल मैदान (वैजनाथपुर क्रिकेट मैदान) प्रतियोगिता आयोजना गर्ने संघको तयारी छ ।

Advertisement

विराटनगरमा पहिलोपटक आयोजना हुन आँटेको यो प्रतियोगिता आगामी फागुन २२ गतेदेखि चैत गतेसम्म हुने बताइएको छ । प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली गरी १० टोलीको सहभागिता रहने मोरङ क्रिकेट संघका अध्यक्ष मोहम्मद साद कुरैशी (बाबु)ले जानकारी दिए ।

प्रतियोगितामा जम्मा २३ वटा खेलहरू हुने छन् ।

उनका अनुसार प्रतियोगिताको प्रत्यक्ष प्रसारण राष्ट्रियस्तरको टेलिभिजनबाट गरिने छ । ‘विराटनगरबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ यहाँ पहिलोपटक यो स्तरको प्रतियोगिता गर्न आँटेका हौं,’ उनले भने, ‘यहाँको प्रतिभा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा देखियोस् भन्ने हाम्रो उद्देश्य हो ।’

क्यानको क्यालेन्डरमा समावेश गरिसकिएकोले प्रतियोगितालाई प्रत्येक वर्ष निरन्तरता दिइने प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डेले जानकारी दिए ।

प्रतियोगितामा कोशी प्रदेश सरकार र क्यानको सहयोग रहनेमा आफूहरू आशावादी रहेको उनले सुनाए ।

राष्ट्रिय टोलीका परिचित केही खेलाडीहरूले प्रतियोगितामा सहभागिता जनाउने बताइएको छ । ती खेलाडीको नाम र ट्रफी चाँडै नै अर्को पत्रकार सम्मेलनको आयोजना गरेर खुलाइने आयोजकको भनाइ छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ७५ लाख लाग्ने आयोजकको अनुमान छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०