बिसिसी र ग्रामथान ‘बी’ डिभिजन क्रिकेटको फाइनलमा

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २३ माघ, २०८०
३ वर्षअघि

विराटनगर । मोरङ जिल्लास्तरीय ‘बी’ डिभिजन क्रिकेट प्रतियोगिताअन्तर्गत विराटनगर क्रिकेट क्लब (बिसिसी)र ग्रामथान क्रिकेट क्लब फाइनलमा प्रवेश गरेका छन् ।

विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा विजयी भएसँगै दुवै टिमले फाइनलमा प्रवेश गर्दै ‘ए’ डिभिजनमा प्रवेश गरेका छन् ।

मंगलबार भएको पहिलो खेलमा बिसिसीले मिल्स क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनायो ।

टस जितेर ब्याटिङ गरेको मिल्सले निर्धारित १३ ओभरमा ३ विकेट गुमाई ९१ रन बनाएको थियो । जसमा पृथ्वी सुब्बाले २९ रन बनाउँदा विशाल ढकालले २४रन बनाए ।

बिसिसीका अविशेक मण्डलले १ विकेट लिए ।

९२ रनको लक्ष्य पछ्याएको बिसिसीले ११ दशमलव ३ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

बिसिसीका म्यान अफ म्याच राहुल चौधरीले अविजित ५२ रन धिरज कामतले १७ र कृतिक कामतले नटआउट १२ रनको योगदान दिए । मिल्सका विशाल ढकालले १ विकेट विकेट लिए ।

दोस्रो खेलमा ग्रामथान क्रिकेट क्लबले बेलबारी क्रिकेट क्लबलाई दुई विकेटले पराजित गर्‍यो ।

टस जितेर ब्याटिङ गरेको वेलबारीले निर्धारित २० ओभरको खेलमा अलआउट हुँदै एक सय १२ रन बनायो ।

जसमा प्रिवित भगतले २० रन बनाउँदा दिपेश सुवेदीले १७ रन बनाए । ग्रामथानका आशीष गुप्ताले ३ विकेट लिँदा अनिश सापकोटाले दुई विकेट लिए ।

एक सय १३ रनको विजयी लक्ष्य पछ्याएको ग्रामथानले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो । जसमा म्यान अफ द म्याच सुमन श्रेष्ठ ३३ रन बनाउँदा अन्जर अलीले १५रनको योगदान दिए ।

बेलबारीका निमेश चापागाईंले सर्वाधिक ४ विकेट लिए ।

प्रकाशित समय: मङ्गलबार २३ माघ, २०८०, १८:१२:५२
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०