विराटनगरमा प्याब्सन स्पोर्ट्स मिट हुँदै, मोरङका तीन हजार विद्यार्थीले सहभागिता जनाउने

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २२ माघ, २०८०
३ वर्षअघि

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङले ‘प्याब्सन स्पोर्ट्स मिट’ को तयारी थालेको छ ।

१३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट विराटनगरमा यही माघ २६ देखि २८ गतेसम्म हुने छ ।

Advertisement

सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्याब्सन मोरङले ‘राष्ट्रको खेलकुद विकास तथा स्वास्थ्य र सभ्य समाजका लागि प्याब्सन स्पोर्टस मिट’ भन्ने मूल नाराका साथ स्पोर्ट्स मिट आयोजना गर्न लागिएको जनाएको छ ।

प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवालले औपचारिक शिक्षासँगै विद्यार्थीहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले स्पोर्ट्स मिट गर्न आँटेको जानकारी दिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा आफ्नो प्रतिभा प्रदर्शन गर्न सक्ने खेलाडी उत्पादन गरी राष्ट्रप्रति समर्पित गर्ने उद्देश्यका साथ २०६३ सालदेखि प्रत्येक वर्ष प्याब्सन मोरङले जिल्ला स्तरीय खेलकुद सञ्चालन गर्दै आएको छ।

यसपालि प्याब्सनआबद्ध मोरङका दुई सय १० वटा विद्यालयका ३ हजारभन्दा बढी विद्यार्थीले सहभागिता जनाउने बताइएको छ ।

विद्यार्थीबीच भलिबल, फुटबल, टेबलटेनिस, बास्केटबल र म्याराथनका इभेन्टमा प्रतिस्पर्धा हुने छ। प्रतियोगिता सञ्चालनका लागि करिब १५ लाख खर्च हुने आयोजकले जनाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०