बंगलादेशसँग भिड्दै नेपाल, सेमिफाइनल पुग्ने सम्भावना भने सकियो

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १७ माघ, २०८०
३ वर्षअघि

विराटनगर । दक्षिण अफ्रिकामा जारी यु-१९ विश्वकपमा क्रिकेटमा नेपालले सुपर सिक्सको पहिलो खेलमा बंगलादेशको सामना गर्दै छ ।

नेपाल र बंगलादेशबीचको खेल नेपाली समयअनुसार आज दिउँसो १:४५ बजेबाट सुरु हुने छ ।

यसअघि नेपाल र बंगलादेशको भेट दुई पटक भएको छ । जसमा एकमा नेपाल र एकमा बंगलादेश विजयी भएका छन् ।

नेपालले २००२ मा भएको यु-१९ विश्वकप प्लेट च्याम्पियनसिपमा सेमिफाइनलमा बंगलादेशलाई २३ रनले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

नेपाल र बंगलादेशको दोस्रो भेट २०१६ मा भएको यु-१९ विश्वकपमा भएको थियो । सो खेलमा भने बंगलादेशसँग ६ विकेटले पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरिएको थियो ।

त्यसयता भने नेपाल र बंगलादेशको भेट भएको छैन ।

आजको खेलमा बंगलादेश सुपर सिक्सको पहिलो खेलमा जित हासिल गर्दै सेमिफाइनलमा पुग्ने सम्भावना कायमै राख्न चाहन्छ ।

नेपालको भने सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।

नेपाल सुपर सिक्स खेल्नुअघि नै सेमिफाइनल पुग्ने दौडबाट बाहिरिएको हो ।

सुपरसिक्सअन्तर्गत मंगलबार भएका खेलमा भारत र पाकिस्तान विजयी भएसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको हो ।

भारतले सुपर सिक्सको खेलमा न्युजिल्यान्डलाई दुई सय १४ रनले हराउँदा पाकिस्तानले आयरल्यान्डलाई तीन विकेटले पराजित गरेको थियो ।

त्यसो त नेपालले सुपर सिक्सअन्तर्गत दुई खेल खेल्ने तालिका छ ।

तर दुवै खेल जितेको खण्डमा पनि अंकविहीन नेपालको चार अंक मात्र हुन्छ भने भारत र पाकिस्तानले ६/६ अंक जोडिसकेकाले नेपाल अब सुपर सिक्स खेलेर घर फर्कनुपर्ने छ ।

किनभने सुपरसिक्सको एउटा समूहबाट शीर्ष दुई टोली मात्र सेमिफाइनलमा पुग्छन् ।

नेपाल रहेको समूहबाट भारत र पाकिस्तान अघि बढ्ने सम्भावना बलियो छ ।

उनीहरूले तीन/तीन खेल जितेर ६/६ अंक बनाएका छन् ।

बंगलादेशले दुई खेलबाट दुई अंक बनाउँदा न्युजिल्यान्डले तीन खेलबाट दुई अंक जोडेको छ ।

तर, नेपालले तीन खेलमा दुई अंक जोड्दा र आयरल्यान्डसँग पनि समान अंक छ ।

प्रकाशित समय: बुधबार १७ माघ, २०८०, ०७:२३:१७
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०