पोखरा । थ्रीस्टार फुटबल क्लब पोखरामा जरी आहा ! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको खेलमा विदेशी पाहुना टोली भुटानको पारो फुटबल क्लबलाई २-१ गोलले हराउँदै थ्रीस्टार अन्तिम चारमा प्रवेश गरेको हो ।
पोखरा रंगशालामा खेल सकिन ६ मिनेटको समय बाँकी रहँदा थ्रीस्टारले पाहुना टोलीलाई स्तव्ध पार्दै गोलको खाता खोल्यो ।
पहिलो गोलपछि उत्साहित थ्रिस्टारले केही समयमै पुनः अर्को गोल थप्यो ।
प्रतियोगिताअन्तर्गत आइतबार दोस्रो क्वाटरफाइनलको खेल सङ्कटा क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकाबीच हुनेछ ।
यही माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइलन खेल माघ २० गते हुनेछ । प्रतियोगितको विजेताले रु १२ लाख एक हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।