देव खनालको अर्धशतक, अफगानिस्तानलाई हराउँदै नेपाल ‘सुपर सिक्समा’

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १२ माघ, २०८०
२ वर्षअघि

विराटनगर । नेपाल दक्षिण अफ्रिकामा जारी आइसिसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा प्रवेश गरेको छ ।

शुक्रबार समूह चरणको अन्तिम खेलमा अफगानिस्तानमाथि एक विकेटको जित निकाल्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको हो ।

Advertisement

इस्ट लन्डनस्थित बफेलो पार्क मैदानमा अफगानिस्तानले नेपाललाई दिएको एक सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले ओभरमा नौ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालका कप्तान देव खनालले अर्धशतक बनाएका थिए । कप्तान खनालले ८९ बलमा सात चौकासहित ५८ रन बनाए ।

यस्तै, दीपक बोहोराले २७ रन बनाए भने आकाश त्रिपाठीले १६ तथा अर्जुन कुमालले १० रन बनाए । नेपालका अरू बलरले भने दोहोरो अंकको रन बनाउन सकेनन् ।

अफगानिस्तानका फारिदुन दाउजदाइले तीन तथा खालिद अहमदले दुई विकेट लिए ।

त्यसअघि  टस हारेर बलिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा १० विकेट लिँदै अफगानिस्तानलाई १४५ रनमा समेटेको थियो ।

आफगानिस्तानका लागि गाजनफरले सर्वाधिक ३७ रन बनाए भने नशिर खानले ३१ रन जोड्दा फ्रिदोनले २९ रनको योगदान गरे ।

अफगानिस्तानलाई मध्यम स्कोरमा समेट्न नेपालका लागि आकाश चन्दले सर्वाधिक पाँच विकेट लिए ।

दिपेश कँडेलले दुई विकेट लिए भने गुल्सन झा, तिलक भण्डारी र सुवास भण्डारीले एक-एक विकेट लिए ।

समूह ‘डी’ अन्तर्गत नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । यस्तै, नेपाल दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो ।

यसअघि नै समूहमा लगातार दुई जित निकालेको पाकिस्तान र न्युजिल्यान्ड चार चार अंक जोड्दै सुपर सिक्समा पुगिसकेका छन् ।

विश्वकपमा नेपालले समूह ‘डी’ बाट प्रतिस्पर्धा गरेको हो । यस समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

‘गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित राखिने छैन’
मङ्गलबार २३ असार, २०८३
युएई सरकारले दियो १११ नेपाली नागरिकलाई आममाफी
मङ्गलबार २३ असार, २०८३
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने : गौरी कुमारी
मङ्गलबार २३ असार, २०८३
प्रधानमन्त्री र एडीबी अध्यक्ष कान्दाबीच भेटवार्ता
मङ्गलबार २३ असार, २०८३
नेपाली कांग्रेस नीति प्रतिष्ठानको पाँचौं बस्दै
मङ्गलबार २३ असार, २०८३
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा देवेन्द्र खत्री नियुक्त
मङ्गलबार २३ असार, २०८३
संखुवासभा र पाँचथरमा ओढार र खोल्सामा कसले लुकायो भरुवा बन्दुक?
मङ्गलबार २३ असार, २०८३
गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय
मङ्गलबार २३ असार, २०८३
अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश
सोमबार २२ असार, २०८३
बुढीगंगामा ‘नवप्रवर्तन प्रतियोगिता: दुनाटपरी बनाउने मेसिन प्रथम, आविष्कार केन्द्र स्थापनाको तयारी
सोमबार २२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०