अफगानिस्तानसँग भिड्दा नेपाललाई जित्नैपर्ने दबाब

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १२ माघ, २०८०
३ वर्षअघि

विराटनगर । दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटमा नेपाली टोलीले आज समूह चरणको तेस्रो तथा अन्तिम खेल खेल्दै छ ।

इस्ट लन्डनमा हुने खेलमा नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न आँटेको हो । नेपाल र अफगानिस्तानबीचको खेल नेपाली समयानुसार दिउँसो पौने २ बजे हुने छ।

अघिल्ला दुई खेलमा लगातार हार खेपेको नेपाललाई अघिल्लो चरण (सुपर सिक्स) मा पुग्न अफगानिस्तानलाई पन्छाउनु पर्ने चुनौती छ ।

यस्तै, दुई खेलमा पराजित भएको अफगानिस्तानलाई पनि अगाडि बढ्न नेपाललाई हराउनु पर्ने बाध्यता छ ।

नेपाल र अफगानिस्तानबीचको खेल नकआउटसरह छ ।

समूह ‘डी’ अन्तर्गत नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । यस्तै, नेपाल दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो ।

समूहमा लगातार दुई जित निकालेको पाकिस्तान र न्युजिल्यान्ड चार चार अंक जोड्दै सुपर सिक्समा पुगिसकेका छन् ।

नेपाल र अफगानिस्तान भने अंकविहीन छन् । त्यसैले शुक्रबार नेपाल र अफगानिस्तानबीचको खेल दुवै टोलीका लागि गर या मरको अवस्था छ ।

विश्वकपमा नेपालले समूह ‘डी’ बाट प्रतिस्पर्धा गरेको हो । यस समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेको छ ।

प्रकाशित समय: शुक्रबार १२ माघ, २०८०, ०९:४२:०२
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०