विश्वकपअघि नेपालले नामिबियालाई हरायो

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २७ पुस, २०८०
३ वर्षअघि

विराटनगर । नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा नामिबियामाथि जित निकालेको छ ।

बिहीबार विश्वकपअघिको अभ्यास खेलमा नेपालले नामिबियाको यु–१९ टिममाथि ६ विकेटको जित निकालेको हो ।

दक्षिण अफ्रिकामा भएको खेलमा नेपालले दिएको एक सय ४२ रनको लक्ष्य पछ्याएको नामिबियाले २९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३५ रन बनायो ।

नामिबियाका लागि बुसिङ भोसेन्कले ५० रनको अर्धशतकीय पारी खेले भने मोफितले १८ रनको योगदान गरे ।

नेपालका लागि आकाश चन्द र गुलशन झाले समान तीन–तीन विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो ।

नेपालका लागि दीपक डुम्रेले सर्वाधिक ३२ रन बनाए भने आकाश त्रिपाठीले २१ रनको योगदान गरे ।

जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म दक्षिण अफ्रिकामा आयोजना हुने यु–१९ विश्वकपका लागि नेपाली टोली अहिले दक्षिण अफ्रिकामा छ ।

अब, नेपालले १३ जनवरीमा स्कटल्यान्ड र १६ जनवरीमा वेस्टइन्डिजसँग ‘वार्मअप’ खेल पनि खेल्ने छ ।

विश्वकपमा भने नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् । समूहमा शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् ।

प्रकाशित समय: शुक्रबार २७ पुस, २०८०, ०८:१७:४३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०