विराटनगरलाई पेनाल्टीमा हराउँदै विराटचोकले जित्यो भेट्रान कपको उपाधि

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २५ पुस, २०८०
३ वर्षअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा सम्पन्न प्रथम संस्करणको ग्रामथान भेट्रान फुटबल प्रतियोगिताको उपाधि विराटचोक भेट्रान क्लबले जितेको छ ।

बुधबार भएको फाइनल खेलमा विराटनगरको मिल्स भेट्रान क्लबलाई पेनाल्टी सुटआउटमा ६–५ गोलान्तरले हराउँदै विराटचोकले उपाधि जितेको हो ।

उपाधिसँगै विराटचोकले ५० हजार ५५५ रुपैयाँ नगद राशि हात पार्‍यो ।

उपविजेतामा सीमित बनेको विराटनगरले ३० हजार ५५५ रुपैयाँमा चित्त बुझायो ।

दुवै टोलीलाई प्रतिनिधिसभा सदस्य अमनलाल मोदी तथा प्रदेशसभा सदस्य प्रकाश चौधरीले पुरस्कार प्रदान गरेका थिए ।

ग्रामथान–३ सिद्राहास्थित वाणी माविको मैदानमा भएको खेलको निर्धारित समय दुवै टोलीले गोलरहित बराबरी खेले ।

त्यसपछि पेनाल्टी सुटआउटमा धकेलिएको खेलमा विराटचोकले बाजी मारेको हो ।

त्यसअघि विराटचोकले धरान भेट्रान क्लबलाई हराएको थियो भने विराटनगरले इटहरी भेट्रान क्लबलाई हराएर अन्तिम दुईमा स्थान बनाएको थियो ।

स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकुद भन्ने नारासहित पुस १४ गतेदेखि उक्त प्रतियोगिता सुरु भएको थियो ।

ग्रामथान गाउँपालिकाको सहयोग तथा जनक मेमोरियल सेकेन्डरी बोर्डिङ स्कुललगायत १७ सङ्घ–संस्थाको प्रायोजनमा फुटबल प्रतियोगिता आयोजना भएको थियो ।

प्रतियोगितामा युनाइटेड भेट्रान क्बल, विराटचोक भेट्रान क्लब, जाँते भेट्रान क्लब, धरान भेट्रान क्लब, दुहबी भेट्रान क्लब, मिल्स भेट्रान क्बल, इटहरीको जनता भेट्रान क्लब, विराट मेगा भेट्रान क्लब, जनता भेट्रान क्लब, ग्रामथान भेट्रान क्लब र गछिया भेट्रान क्लब सहभागी थिए ।

प्रकाशित समय: बुधबार २५ पुस, २०८०, २०:३६:३०
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०