विराटनगरलाई पेनाल्टीमा हराउँदै विराटचोकले जित्यो भेट्रान कपको उपाधि

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २५ पुस, २०८०
३ वर्षअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा सम्पन्न प्रथम संस्करणको ग्रामथान भेट्रान फुटबल प्रतियोगिताको उपाधि विराटचोक भेट्रान क्लबले जितेको छ ।

बुधबार भएको फाइनल खेलमा विराटनगरको मिल्स भेट्रान क्लबलाई पेनाल्टी सुटआउटमा ६–५ गोलान्तरले हराउँदै विराटचोकले उपाधि जितेको हो ।

Advertisement

उपाधिसँगै विराटचोकले ५० हजार ५५५ रुपैयाँ नगद राशि हात पार्‍यो ।

उपविजेतामा सीमित बनेको विराटनगरले ३० हजार ५५५ रुपैयाँमा चित्त बुझायो ।

दुवै टोलीलाई प्रतिनिधिसभा सदस्य अमनलाल मोदी तथा प्रदेशसभा सदस्य प्रकाश चौधरीले पुरस्कार प्रदान गरेका थिए ।

ग्रामथान–३ सिद्राहास्थित वाणी माविको मैदानमा भएको खेलको निर्धारित समय दुवै टोलीले गोलरहित बराबरी खेले ।

त्यसपछि पेनाल्टी सुटआउटमा धकेलिएको खेलमा विराटचोकले बाजी मारेको हो ।

त्यसअघि विराटचोकले धरान भेट्रान क्लबलाई हराएको थियो भने विराटनगरले इटहरी भेट्रान क्लबलाई हराएर अन्तिम दुईमा स्थान बनाएको थियो ।

स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकुद भन्ने नारासहित पुस १४ गतेदेखि उक्त प्रतियोगिता सुरु भएको थियो ।

ग्रामथान गाउँपालिकाको सहयोग तथा जनक मेमोरियल सेकेन्डरी बोर्डिङ स्कुललगायत १७ सङ्घ–संस्थाको प्रायोजनमा फुटबल प्रतियोगिता आयोजना भएको थियो ।

प्रतियोगितामा युनाइटेड भेट्रान क्बल, विराटचोक भेट्रान क्लब, जाँते भेट्रान क्लब, धरान भेट्रान क्लब, दुहबी भेट्रान क्लब, मिल्स भेट्रान क्बल, इटहरीको जनता भेट्रान क्लब, विराट मेगा भेट्रान क्लब, जनता भेट्रान क्लब, ग्रामथान भेट्रान क्लब र गछिया भेट्रान क्लब सहभागी थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०