बलात्कार मुद्दामा सन्दीपलाई आठ वर्ष कैद सजाय, जरिवानासहित पाँच लाख भराइने

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २५ पुस, २०८०
१ वर्षअघि

विराटनगर- बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष जेल सजाय तोकिएको छ ।

जिल्ला अदालत काठमाडौंले बुधबार लामिछानेलाई आठ वर्षको कैद सजाय सुनाएको हो ।

लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङ) बमोजिम कसुर गरेको पुष्टि हुन आएकाले आठ वर्ष जेल र ३ लाख रुपैयाँ जरिवाना तोकिएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

उनका अनुसार गौशाला-२६ पीडितलाई थप दुई लाख क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ ।

लामिछानेलाई १० वर्षभन्दा कम सजाय तोकिएकाले उनले थुनाबाहिर रहेर उच्च अदालतमा पुनरावेदन गर्न पाउनेछन् ।

६ देखि १० वर्षभन्दा कम सजाय तोकिएका मुद्दामा प्रतिवादीले थुनाबाहिरै रहेर उच्चमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ।

पुस १३ गते अदालतबाट दोषी ठहर भएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो ।

लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।

अदालतले पीडित किशोरी गौशाला २६ को उमेर घटना हुँदा १८ वर्ष पूरा भइसकेको पनि ठहर गरेको छ ।

तर, पीडित बालिग भए पनि सन्दीपले कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै बलात्कार गरेको ठहर गरेको छ ।

गत वर्षको भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर युवतीलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो ।

भदौ २१ गते युवतीले सन्दीपले आफूलाई पटक-पटक बलात्कार गरेको भन्दै प्रहरी वृत गौशालामा किटानी जाहेरी दिएकी थिइन् ।

इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए ।

सन्दीपलाई गत वर्ष पुष २८ गते उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

तर, विदेश जान नपाउने गरी आदेश आएपछि उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्तको कार्यालय र सन्दीप लामिछाने सर्वोच्च पुगेका थिए ।

सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश केही उल्ट्याएर राष्ट्रिय खेलाडी भएको भन्दै सन्दीपलाई विदेश जाने अनुमति दिएको थियो ।

तर, जिल्ला अदालत काठमाडौंले उनलाई दोषी ठहर गरेको हो ।

यता, जिल्ला अदालतको फैसला चित्तबाुझ्दो नभएको सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जिल्लाको फैसला चित्त नबुझेको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने बताउँदै आएका छन् ।

प्रकाशित समय: बुधबार २५ पुस, २०८०, १९:०६:३२

सम्बन्धित खबर

सिंगापुर र मलेसियाविरुद्ध नेपालका तीन नयाँ अनुहार

मङ्गलबार ४ चैत, २०८१
२ दिनअघि

विश्वकप छनोट खेल्ने अर्जेन्टिनाको टोलीमा परेनन् मेस्सी

मङ्गलबार ४ चैत, २०८१
२ दिनअघि

लिभरपुललाई हराउँदै ७० वर्षपछि न्युक्यासलले जित्यो उपाधि !

सोमबार ३ चैत, २०८१
३ दिनअघि

पाँचौं मिल्स गोल्डकप : उद्घाटनमा फ्युजन फुटबल क्लबको विजयी सुरुवात

आईतबार २ चैत, २०८१
४ दिनअघि

रोहित र सन्दीपसहित पाँच खेलाडीले मासिक एक लाख तलब थाप्ने, करण र कुशलको भने घट्यो तलब

बिहिबार २९ फाल्गुण, २०८१
१ हप्ताअघि

चर्च ब्वाइजलाई हराउँदै थ्रीस्टारले जित्यो विराट गाेल्डकपकाे उपाधि

बुधबार २८ फाल्गुण, २०८१
१ हप्ताअघि
सिरहामा अंग्रेजीको प्रश्नपत्र आउट, सिडिओ भन्छन् : मोबाइलको जमाना छ, जे पनि हुन सक्छ
बिहिबार ६ चैत, २०८१
विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी
बिहिबार ६ चैत, २०८१
कामधेनु डेरीका एक सय किसानलाई बिना धितो दुई लाखसम्मको ऋण प्रदान गरिँदै
बुधबार ५ चैत, २०८१
आगोबाट बच्नलाई भाग्दै थिए एक वृद्ध, बारीको डिलबाट लडेर मृत्यु
बुधबार ५ चैत, २०८१
राजतन्त्र फर्किने-नफर्कने विषयमा के भन्छन् बाबुराम भट्टराई ?
बुधबार ५ चैत, २०८१
चन्द्र ढकाललाई अर्को धक्का : पैदलयात्रीसँग रकम असुली गरेपछि चन्द्रागिरी हिल्सलाई यस्तो निर्देशन !
बुधबार ५ चैत, २०८१
पूर्वराजाका कारण रोकिएको माओवादीको अभियान फेरि सुरु हुँदै
बुधबार ५ चैत, २०८१
मोरङमा अखिल क्रान्तिकारीको दबदबा : सातमध्ये चार वटामा विजयी
बुधबार ५ चैत, २०८१
रमाइलो बहुमुखी क्याम्पसमा क्रान्तिकारीका अनिश कार्की विजयी
मङ्गलबार ४ चैत, २०८१
ट्रकको क्याबिनमा ‘फुच्चे’ले लुकाएर ल्याएका थिए २५ करोड
मङ्गलबार ४ चैत, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०