काठमाडौँ । अफगानिस्तानसँगको टी-२० शृङ्खलाका लागि रोहित शर्मा र विराट कोहली टोलीमा फर्किएका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले अफगानिस्तानसँगको तीन खेलको टी-२० शृङ्खला घोषणा गर्दै रोहित र विराट टोलीमा फर्किएका जानकारी दिएको हो ।
रोहित र विराटले भारतका लागि पछिल्लोपटक सन् २०२२ नोभेम्बर १० मा अस्ट्रेलियामा टी-२० खेलेका थिए ।
तीन खेलको टी-२० शृङ्खला यही जनवरी ११ देखि शुरु हुँदै छ ।
दोस्रो खेल १४ र तेस्रो खेल जनवरी १७ मा हुने छ ।
तीन खेलको शृङ्खलाका लागि अफगानिस्तानको टोली भारत आउनेछ ।
अफगानिस्तानले यसअघि नै टोलीको घोषणा गरिसकेको छ ।
भारतीय टोलीमा रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जयसवाल, विराट कोहली, तिलक वर्मा, रिङ्कु सिंह, जितेश शर्मा, सन्जु सामसन, शिवम् दुबे, वाशिङ्टन सुन्दर, अक्षर पटेल, रवि विश्नोई, कुलदीप यादव, अर्शदीप सिंह, आवेश खान र मुकेश कुमार छन् ।