बरहथवामा गोली चल्दा ‘बटुवा’ को मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २० पुस, २०८०
३ वर्षअघि

सर्लाही । सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेस प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन भएको थियो ।

नेपाली कांग्रेस, जनमत, जसपासहितका दलले गरेको प्रदर्शन नियन्त्रणबाहिर गएपछि प्रहरीले गोली चलाएको जनाएको छ ।

गोली लागी सोही वडाका जयशंकर साहको मृत्युभएको बताइएको छ ।

तर प्रहरीले अहिलेसम्म त्यसको पुष्टि गरेको छैन । उनी आन्दोलनकारी नभएर सडकमा हिँडिरहेको बटुवा रहेको आन्दोलनकारीको दाबी छ ।

आन्दोलनकारीबाट नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको निजी घरमा ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले घटनास्थलको थप विवरण आउन बाँकी रहेको र स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए ।

बरहथवा बजार क्षेत्रमा अहिले व्यापक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

गत असोज ९ गते बरहथवा नगरपालिकाको नगर कार्यपालिका बैठकले प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा स्तरोन्नति गरी ५० बेडको बनाउन प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

पुस १८ गते बसेको कार्यपालिका बैठकमा बहुमत सदस्यले सो निर्णय तत्कालका लागि स्थगित गर्ने निर्णय गरेका थिए ।

कांग्रेससहित केही दलका जनप्रतिनिधि भने निर्णय कार्यान्वयन हुनुपर्ने पक्षमा छन् ।

यही विषयमा छलफल गर्न शुक्रबार बिहान सर्वदलीय बैठक बोलाइएकोमा नगरपालिकाले सूचना निकालेर बैठक स्थगित गरेको छ ।

नगरप्रमुख कल्पनाकुमारी कटुवालसहित बहुमत कार्यपालिका सदस्य प्राथमिक स्वास्थ्य केन्द्र प्रदेश सरकारलाई हस्तान्तरण नगर्ने पक्षमा छिन् ।

प्रकाशित समय: शुक्रबार २० पुस, २०८०, १७:४७:५६

सम्बन्धित खबर

सिंहदरबारको नाम फेर्न रास्वपा सांसद ढकालको प्रस्ताव

आईतबार २४ साउन, २०८३
२ हप्ताअघि

सरकारद्वारा २० राजदूत नियुक्तिको तयारी, खुला आवेदनबाट पहिलोपटक सिफारिस हुने

मङ्गलबार १९ साउन, २०८३
३ हप्ताअघि

तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए

बिहिबार १४ साउन, २०८३
४ हप्ताअघि

कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग

मङ्गलबार १२ साउन, २०८३
४ हप्ताअघि

प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको प्रतिबद्धता : ‘नो भोट’ र विदेशबाट मतदान व्यवस्था गर्ने

शनिवार ९ साउन, २०८३
१ महिनाअघि

श्रीलंका भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड, दक्षिण एशियाली वामपन्थी सहकार्यमा जोड

सोमबार ४ साउन, २०८३
१ महिनाअघि
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०