अनैतिक सम्बन्ध लुकाउन पवित्राको हत्या, गहना लुटपाट गरी फरार श्रेष्ठ दम्पती समातिए

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १९ पुस, २०८०
३ वर्षअघि

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा एक दम्पतीले अनैतिक सम्बन्ध लुकाउन र गरगहना लुटपाट गर्न एक महिलाको हत्या गरेका छन् ।

पक्राउ पर्नेमा ३३ वर्षीय दीपक श्रेष्ठ र उनकी श्रीमती २५ वर्षीया सिर्जना श्रेष्ठ (राई) रहेका छन् ।

दिक्तेल रूपाकोट मझुवागढी-१० पाथेका नाखामकी ३६ वर्षीय पवित्रा तामाङको हत्या र लुटपाट गरी फरार भएको आरोपमा जालपाका श्रेष्ठ दम्पति पक्राउ परेका हुन् ।

गत मङ्सिर १९ गतेदेखि बेपत्ता भएकी पवित्राको शव १४ दिनपछि माइतीघरदेखि करिब १५ मिनेट पैदल दूरीमा रहेको गोठमा फेला परेको थियो ।

पतिसँग सम्बन्धबिच्छेद गरेर उनी माइतीघरमा बस्दै आएकी थिइन् ।

चार छोरीकी आमा पवित्रा छोरा नजन्माएको भन्दै पतिसँग खटपट भएपछि नौ महिनाअघि सम्बन्धबिच्छेद गरेर माइतमा बस्दै आएकी थिइन् ।

तीन छोरी र पतिसँगै छाडेकी पवित्रा कान्छी छोरी लिएर माइती घर बस्दै आएकी थिइन् ।

मङ्सिर १९ गते राति ८ बजेसम्म टेलिभिजन हेरेर बसेकी थिइन् । तर, भोलिपल्ट बिहान ओछ्यानमा नदेखिएपछि पवित्राको खोजी सुरु गरिएको थियो ।

बेपत्ताको खोजीका लागि परिवारले मङ्सिर २३ गते प्रहरीलाई खबर गरेका थिए । खोजी गर्ने क्रममा पवित्राको शव पत्करले छोपेको अवस्थामा फेला परेको थियो ।

पत्करले छोपेको अवस्थामा मृत भेटिएकी पवित्राको भित्री वस्त्रसमेत थिएन ।

अनुसन्धानका क्रममा श्रेष्ठ दम्पतीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय खोटाङले बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

आरोपित श्रेष्ठ दम्पतीलाई ललितपुरस्थित महालक्ष्मी नगरपालिका–३ बोझेपोखरीबाट पुस–११ गते पक्राउ गरेर पुस–१२ गते जिल्ला ल्याइएको जनाइएको छ ।

आरोपित श्रेष्ठले पवित्राको गत मङ्सिर–१९ गते राति नै हत्या गरेको प्रहरीले जनाएको छ ।

उनले योजनाबद्ध तरिकाले पवित्राको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) पुरुषोत्तम खड्काले बताए ।

मृतक पवित्राको शव भेटिएकै ठाउँनजिक रगताम्मे भएको एउटा हम्मर फेला परेको प्रहरीले जनाएको छ ।

त्यो हम्मर दीपक आफैँले घरबाट लगेर गएको प्रहरीको भनाइ छ ।

दीपक मङ्सिर १९ गते दिउँसो श्रीमती सिर्जनाका लागि अनलाइन अडर गरिएको सारी लिन भन्दै घरबाट हिँडेर दिक्तेल पुगेका थिए ।

केही सामान नलिइ दिक्तेलबाट मुडेतिर गएका दीपक घटनास्थल पुगेको देखिएको डिएसपी खड्काले बताए ।

दीपक बाँस ढुवानीको काम गर्दै आएका थिए ।

सिर्जना दीपकको तेस्रो श्रीमती हुन् । सिर्जनालाई दिपकले गत असोजमा मात्रै घर भित्र्याएका थिए ।

दीपकको पवित्रासँग पहिलेबाटै अनैतिक सम्बन्ध थियो ।

सिर्जनालाई विवाह गरेर ल्याइसकेपछि पवित्रासँगको अनैतिक सम्बन्ध खुल्ने डरले र पवित्राको गरहनाको लोभले हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

पवित्राको हत्या गरी लुटपाटसमेत गरेका दीपकले कानमा लगाइने रिङ जालपास्थित सहकारीमा ऋण लिनका लागि रु ४० हजारमा धितो राखेका थिए ।

यस्तै, नाकको फुली दीपकको भाइ डम्बर श्रेष्ठबाट रु चार हजार ५०० मा धितो नै राखेका थिए ।

पवित्राको मोबाइल भने सिर्जनाको बुबा केपिलासगढी गाउँपालिका-७ राजबहादुर राईको साथबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

घटनापछि मङ्सिर–३० गते भागेर ललितपुरको महालक्ष्मी नगरपालिका पुगेको अवस्थामा पक्राउ परेका श्रेष्ठ दम्पतीलाई प्रहरीले बरामद गरिएका सामानसहित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

सिर्जनालाई भने दीपकको कर्तुत लुकाउन सहयोग गरेको कारण पक्राउ गरिएको हो ।

उनीहरू दुवै जनालाई कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।

सिर्जनालाई भने दीपकको कर्तुत लुकाउन सहयोग गरेको कारण पक्राउ गरिएको हो ।

उनीहरू दुवै जनालाई कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।

प्रकाशित समय: बिहिबार १९ पुस, २०८०, ०८:५९:३०

सम्बन्धित खबर

भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह

बिहिबार १८ भदौ, २०८३
२ घण्टाअघि

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
३ दिनअघि
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०