रुस-युक्रेन युद्धमा मृत्यु भएका शाहको अन्त्येष्टि, कुशको शव बनाएर गरियो अन्तिम संस्कार

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १ पुस, २०८०
१ वर्षअघि

टीकापुर । रुस-युक्रेन युद्धमा मृत्यु भएका टीकापुरका भरतबहादुर शाहको अन्त्येष्टि गरिएको छ ।

भौतिक शव नहुँदा कुशको शव बनाएर उनको आइतबार कर्णाली नदीमा अन्तिम संस्कार गरिएको हो ।

रुस-युक्रेन युद्धमा रुसको तर्फबाट खटिएका शाहको गत मङ्सिर ११ गते मृत्यु भएको थियो ।

रुसको तर्फबाट युक्रेनको भूमिमा खटिएका बेला ड्रोन आक्रमणमा परी उनको मृत्यु भएको हो ।

शाह २०८० साउन ३० गते दुबईबाट एक हप्ताको लागि कमन टुरिस्ट भिसामा मस्कोस्थित निकुलीनस्कायामा गएका थिए ।

रुस पुगेर रुसी सेनामा प्रवेश गरेका शाहको ठेगाना दुबईको अबुधावी अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी भनेर राखिएको छ ।

टीकापुर नगरपालिका –१ नयाँ टीकापुर गाउँका ३६ वर्षीय शाह साढे तीन वर्ष अघिदेखि दुबई पुलिसमा काम गरिरहेका थिए ।

नेपालमा १० वर्ष ट्राफिक प्रहरीको जवान पदमा काम गरेका शाहको मृत्यु भएको जानकारी ढिलोगरी परिवारले  पाएका थिए ।

शाहको मृत्युको पुष्टि साथीबाट ढिलो भएकाले हिन्दू परम्पराअनुसार अन्तिम संस्कार थालिएको उनका बुबा कुलबहादुर शाहले बताए ।

शाहसँगै कार्यरत नेपाली साथीले शव गाडेको आफ्नै आँखाले देखेको बताएपछि मात्र विश्वास गरेर अन्तिम संस्कार थालिएको हो ।

युद्ध भूमिमा रहँदा सम्पर्कविहीन भए पनि घाइते भएर अस्पताल पुगेका बेला शाहका साथीले नेपालमा सम्पर्क गरी जानकारी गराएका थिए ।

मृतक शाहका चार वर्षको छोरा र डेढ महिनाकी छोरी छन् । शाहले रुस पुगेपछि दुई लाख ५० हजार रुपैयाँ घर पठाएका थिए ।

शाहसँग ३० जनाको समूह रहेको र त्यहाँ ठूलो संख्यामा नेपाली रहेका बताएका छन् ।

प्रकाशित समय: आईतबार १ पुस, २०८०, २०:२६:५३
खबर पूर्वाञ्चल अनलाइनको १०औँ वार्षिकोत्सव
सोमबार २९ ब‌ैशाख, २०८२
भक्तपुरबाट ट्रकसहित ७२ लाख बराबरको सामान बरामद
सोमबार २९ ब‌ैशाख, २०८२
लेन्सकी पनि पुटिनसँग वार्ताका लागि तयार
सोमबार २९ ब‌ैशाख, २०८२
हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
सोमबार २९ ब‌ैशाख, २०८२
बुद्ध मार्ग अनुसरण गर्नु नै स्थायी शान्तिको आधार : सभामुख घिमिरे
सोमबार २९ ब‌ैशाख, २०८२
विराटनगरको आदर्श विद्यालयमा सीप उत्सव, सूचना तथा प्रविधिमा पुष्पा र चन्द्रावती उत्कृष्ट
आईतबार २८ ब‌ैशाख, २०८२
कश्मीरमा ट्रम्पको मध्यस्थता प्रस्तावमा कुनै तेस्रो पक्षको भूमिका छैन : भारतीय परराष्ट्रविद्
आईतबार २८ ब‌ैशाख, २०८२
जाजरकोटमा कारागारमा थुनुवा मृत फेला
आईतबार २८ ब‌ैशाख, २०८२
महन्थ ठाकुरको अध्यक्षतामा मोर्चाको बैठक बस्ने
आईतबार २८ ब‌ैशाख, २०८२
महेश थापा र लिलादेवी गड्तौला आयोग अध्यक्षका लागि सिफारिस
आईतबार २८ ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०