२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १४ पुस, २०७९
४ वर्षअघि
आहा रारा गोल्डकप

पोखरा रंगशालामा आज बिहीबारदेखि २२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

उद्घाटन खेलमा आयोजक सहारा क्लब र धरान फुटबल क्लबबीच खेल हुनेछ । प्रतियोगितामा यसपालि १० टिमले सहभागिता जनाउँदैछन् ।

आयोजक सहारा, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, भुटानिज युथ स्पोर्ट्स क्लब मिनेसोटा (अमेरिका), संकटा क्लब र विभागीय तीन टिम एपीएफ, आर्मी र पुलिस टिमले प्रतिस्पर्धा गर्दै छन् ।

पुस १५ मा नेपाल पुलिस र चर्च ब्वाइज, पुस १६ मा धरान र सहाराबीचको विजेतासँग एपीएफले क्वाटरफाइनल खेल्ने छ । पुस १७ मा पुलिस र चर्च ब्वाइजबीचको खेलको विजेतासँग मछिन्द्रले क्वाटरफाइनलमा भिड्ने छ ।

तेस्रो क्वाटरफाइनल खेल पुस १८ मा आर्मी र संकटा क्लबबीच हुनेछ । चौथो क्वाटरफाइनलमा पुस १९ मा मनाङ र भुटानी क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुस २० र २१ मा सेमिफाइनल हुनेछ । पुस २३ मा फाइनल हुनेछ ।

गत वर्षको विजेता एपीएफ क्लब र उपविजेता मनाङ मर्स्याङ्दी क्लब थिए ।

प्रतियोगिताको उपाधि विजेताले १२ लाख रुपैयाँ पाउने छ । यस वर्ष अघिल्लोमा भन्दा २ लाख रुपैयाँ थप गरिएको हो । अघिल्लो वर्ष उपविजेताले ५ लाख पाउने गरेकोमा यस वर्ष ६ लाख रुपैयाँ प्राप्त गर्ने छ ।

उत्कृष्ट ५ विधामा र सर्वाधिक गोलकर्ताले २५–२५ हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलको म्यान अफ दी म्याचले ८ हजार र फाइनलमा १० हजार रुपैयाँ पाउने छन् ।

प्रकाशित समय: बिहिबार १४ पुस, २०७९, ०९:३६:३३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०