सिटीलाई इङ्लिस प्रिमियर लिगको उपाधि

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ९ जेठ, २०७९
४ वर्षअघि

इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । घरेलु मैदानमा आइतबार राति भएको लिगको अन्तिम खेलमा एस्टन भिल्लालाई ३–२ गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो ।

सिटीको यो समग्रमा छैटौं प्रिमियर लिग उपाधि हो । रोमाञ्चक खेलमा सिटीले दुई गोलले पछि परेको स्थितिलाई उल्ट्याउँदै पुनरागमन जित निकाल्यो ।

सिटीको जितमा इल्के गुन्डोगानले दुई तथा रोड्रीले एक गोल गरे । एस्टन भिल्लाका म्याटी क्यास र फिलिप कोउटिन्होले गोल गरेका थिए।

खेलमा सुरुवाती अग्रता एस्टन भिल्लाले लिएको थियो । म्याटी क्यासले ३७औं मिनेटमा गोल गर्दै एस्टन भिल्लालाई अग्रता दिलाए ।

कोउटिन्होले ६९औं मिनेटमा गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि जोसिएको सिटीले ७६औं मिनेटमा पहिलो गोल फर्काएको थियो ।

गुन्डोगानले रहिम स्टर्लिङको पासमा गोल गर्दै सिटीलाई खेलमा फर्काउने प्रयास गरे । दुई मिनेट लगत्तै रोड्रीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ८१औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीको उपाधि पक्का बनाए।

जितसँगै सिटीले ३८ खेलमा ९३ अंक बनायो । पराजित एस्टन भिल्ला ४५ अंकसहित १४औं स्थानमा रह्यो । यता उपाधि जित्न सिटीको नतिजा पर्खिएको लिभरपुलले पनि अन्तिम खेलमा वल्भ्सलाई ३–१ गोलले हरायो । जितसँगै दोस्रो भएको लिभरपुलले ३८ खेलबाट ९२ अंक बनायो । पराजित वल्भ्स ५१ अंक सहित १०औं स्थानमा रह्यो ।

अन्य खेलमा चेल्सीले वाटफोर्डलाई २–१ तथा टोट्टनहामले नर्विच सिटीमाथि ५–० गोलको सानदार जित निकाल्दै च्याम्पियन्स लिगमा स्थान बनायो । चेल्सी तेस्रो र टोट्टनहाम चौथो स्थानमा रह्यो । यस सिजन नर्विच सिटी, वाटफोर्ड र वर्नली रेलिगेसनमा परेको छ ।

प्रकाशित समय: सोमबार ९ जेठ, २०७९, ०७:०१:५८
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०