फुटबल प्रशिक्षक र खेलाडी विवाद छानबिन गर्न समिति

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २५ ब‌ैशाख, २०७९
४ वर्षअघि

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र खेलाडीबीचको विवाद छानबिन गर्न समिति गठन गरिएको छ ।

प्रशिक्षक अलमुताइरी र बन्द प्रशिक्षणमा रहेका सिनियर खेलाडीबीच देखिएको विवादको विषयमा सत्यतथ्य छानबिन गर्नका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

एन्फाको आइतबार बसेको कार्यसमिति बैठकले नेपाली सेनाका पूर्वउपरथी तथा पूर्वखेलाडी भिक्टर राणाको संयोजकत्वमा तीन सदस्सीय छानबिन समिति गठन गरेको हो ।

समितिमा पूर्वखेलाडी बिदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका उपाध्यक्ष दीपक थापा रहेका छन् ।

समितिले सात दिनभित्र छानबिन गरी एन्फालाई प्रतिवेदन बुझाउने उल्लेख छ ।

रोहिच चन्दसहित १० खेलाडीले प्रशिक्षक अल्मुताइरीको कार्यशीलै प्रति असन्तुष्ट जनाउँदै विद्रोह गरेर वैशाख १३ गते प्रशिक्षण क्याम्प छाडेका थिए ।

नेपाली फुटबल टोली अहिले कुवेतमा जुन ८ देखि १४ तारिखसम्म आयोजना हुने एएफसी एसिया कप छनोट तेस्रो चरणको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको थियो ।

एसिया कप छनोटको तयारीका लागि नेपाली टोलीले जेठ ११ र १५ गते कतारको दोहामा अफगानिस्तानसँग मैत्री पूर्ण फुटबल समेत खेल्न लागेको छ ।

प्रशिक्षक अल्मुताइरीले सुरुमा २५ जना खेलाडी छनोट गरी बन्द प्रशिक्षण र तयारी सुरु गरेका थिए ।

तर १० खेलाडीले विदोह गरेर प्रशिक्षण क्याम्प छाडेपछि प्रशिक्षकले १७ जना खेलाडी थपेर प्रशिक्षणलाई निरन्तरता दिएका छन् ।

एएफसी एसिया कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ ।

तुलनात्मक रुपमा नेपालका लागि यो कठिन समूह पनि हो ।

यस समूहमा नेपालसँगै कुवेत, जोर्डन र इन्डोनेसिया रहेको छ ।

समूहको शीर्षटोली र पाँच समूहको उत्कृष्ट उपविजेता टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपमा छनोट हुनेछन् ।

छनोट अघि टोलीका सिनियर खेलाडीले बिद्रोह गरेपछि एन्फा ब्यवस्थापन अहिले थप अफ्ठेरोमा परेको छ ।

प्रकाशित समय: आईतबार २५ ब‌ैशाख, २०७९, २०:२८:२८
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०