फुटबल प्रशिक्षक र खेलाडी विवाद छानबिन गर्न समिति

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २५ ब‌ैशाख, २०७९
४ वर्षअघि

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र खेलाडीबीचको विवाद छानबिन गर्न समिति गठन गरिएको छ ।

प्रशिक्षक अलमुताइरी र बन्द प्रशिक्षणमा रहेका सिनियर खेलाडीबीच देखिएको विवादको विषयमा सत्यतथ्य छानबिन गर्नका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

Advertisement

एन्फाको आइतबार बसेको कार्यसमिति बैठकले नेपाली सेनाका पूर्वउपरथी तथा पूर्वखेलाडी भिक्टर राणाको संयोजकत्वमा तीन सदस्सीय छानबिन समिति गठन गरेको हो ।

समितिमा पूर्वखेलाडी बिदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका उपाध्यक्ष दीपक थापा रहेका छन् ।

समितिले सात दिनभित्र छानबिन गरी एन्फालाई प्रतिवेदन बुझाउने उल्लेख छ ।

रोहिच चन्दसहित १० खेलाडीले प्रशिक्षक अल्मुताइरीको कार्यशीलै प्रति असन्तुष्ट जनाउँदै विद्रोह गरेर वैशाख १३ गते प्रशिक्षण क्याम्प छाडेका थिए ।

नेपाली फुटबल टोली अहिले कुवेतमा जुन ८ देखि १४ तारिखसम्म आयोजना हुने एएफसी एसिया कप छनोट तेस्रो चरणको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको थियो ।

एसिया कप छनोटको तयारीका लागि नेपाली टोलीले जेठ ११ र १५ गते कतारको दोहामा अफगानिस्तानसँग मैत्री पूर्ण फुटबल समेत खेल्न लागेको छ ।

प्रशिक्षक अल्मुताइरीले सुरुमा २५ जना खेलाडी छनोट गरी बन्द प्रशिक्षण र तयारी सुरु गरेका थिए ।

तर १० खेलाडीले विदोह गरेर प्रशिक्षण क्याम्प छाडेपछि प्रशिक्षकले १७ जना खेलाडी थपेर प्रशिक्षणलाई निरन्तरता दिएका छन् ।

एएफसी एसिया कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ ।

तुलनात्मक रुपमा नेपालका लागि यो कठिन समूह पनि हो ।

यस समूहमा नेपालसँगै कुवेत, जोर्डन र इन्डोनेसिया रहेको छ ।

समूहको शीर्षटोली र पाँच समूहको उत्कृष्ट उपविजेता टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपमा छनोट हुनेछन् ।

छनोट अघि टोलीका सिनियर खेलाडीले बिद्रोह गरेपछि एन्फा ब्यवस्थापन अहिले थप अफ्ठेरोमा परेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०