युएईविरुद्ध नेपालको खराब सुरुवात

सुरुवाती झट्कासँगै सुरु भयो नेपालको इनिङ

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १० फाल्गुण, २०७८
२ वर्षअघि
खराब सुरुवात

आइसिसी टी२० विश्वकप ग्लोबल क्वालिफायरको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्ध खेलिरहेको नेपाले खराब सुरुवात गरेको छ ।

एक सय ७६ रनको मध्यम लक्ष्य पाएको नेपालले जवाफी इनिङको १० ओभरमा चार विकेट गुमाएर मात्र ६६ रन बनाएको छ ।

अल अमेरत क्रिकेट रङ्गशालमा भइरहेको नेपाल र युएईबीचको खेलमा नेपालले टस हार्दै पहिले फिल्डिङको लागि निम्तो पाएको थियो ।

एक सय ७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निकै खराब सुरुवात गरेको थियो । नेपालले पहिलो ओभरमा नै दुई खेलाडीलाई शून्य रनमा गुमाएको थियो ।

नेपालले पहिलो विकेटका रुपमा ओपनर आशिफ शेखलाई गुमाएको थियो । शेखलाई गुमाएको दोस्रो बलमा नै नेपालले अर्का आक्रमक ब्याटर लोकेश बमलाई शून्य रनमा पेभिलियनमा पाएको थियो ।

युएईका लागि दुवै सफलता जुनैद सिद्दिकीले दिलाएका थिए ।

पहिलो ओभरमा तीन रन बनाउँदा दुई विकेट गुमाएको नेपालले तीनै रन अतिरिक्त रनमार्पmत पाएको थियो ।

नेपालले एक लेग बाई र दुई वाइडमार्फत पहिलो ओभरमा तीन रन बनाएको थियो ।

युएईका लागि तेस्रो सफलता पनि जुनैद सिद्दिकीले नै दिलाए ।

उनले ओपनर कुशल भुर्तेललाई विकेटपिकर अरविन्दमार्फत क्याच आउट गराए ।

खेलमा आठ बलको सामना गरेका भुर्तेलले एक चौकाको मद्दतमा नेपाली टोलीलाई सात रनको योगदान दिएका थिए ।

ढलमलिएको नेपालको इनिङलाई दिपेन्द्रसिंह ऐरी र आरिफ शेखले सम्हालेका थिए ।

तर आठौँ ओभरको पहिलो बलमा नै रोहन मुस्ताफाले आरिफ शेखलाई क्रिज छाड्न बाध्य बनाए ।

मुस्ताफाले शेखलाई आफ्ना विकेटकिपर अरविन्दमार्फत क्याच आउट गराए ।

१२ बलको सामना गरेका शेखले एक चौकाको मद्दतमा ११ रन बनाएका थिए ।

यतिबेला नेपालको इनिङ दिपेन्द्रसिंह ऐरी र ज्ञानेन्द्र मल्लले सम्हालिरहेका छन् ।

२० ओभर पूरै खेलेको युएईले सात विकेटको क्षतिमा एक सय ७५ रन बनाएको बनाएको थियो ।

आजको खेल जित्ने राष्ट्रले अस्ट्रेलियामा अक्टोबरदेखि सुरु हुने टी२० विश्वकपमा स्थान पक्का गर्नेछ ।

प्रकाशित समय: मङ्गलबार १० फाल्गुण, २०७८, १८:२३:३०
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८