नेपालविरुद्ध युएईः १० ओभरमा युएईले बनायाे ८४ रन

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १० फाल्गुण, २०७८
५ वर्षअघि
युएई

आइसिसी टी२० विश्वकप ग्लोबल क्वालिफायरको सेमिफाइनलमा खेलमा यतिबेला नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई)बीचको खेल भइरहेको छ ।

अल अमेरत क्रिकेट रङ्गशालमा भइरहेको नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई)बीचको सुरुवाती दश ओभरको खेल सकिँदा युएईले दुई विकेटको क्षतिमा ८४ रन बनाउन सफल भएको छ ।

नेपाललाई खेलको दोस्रो ओभरमा पहिलो सफलता मिलेको थियो ।

जितेन्द्र मुखियाले चिराग सुरीलाई बोल्ड आउट गर्दै पेभिलियन फर्काएका थिए ।

सुरीले पाँच बलको सामना गर्दै चार रन मात्रै जोड्न सफल भए ।

तर सुरी आउट भएसँगै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका वृत्य अरिवन्दले भने नेपाली बलरलाई दबाबमा राख्दै उत्कृष्ट पारी खेलेका थिए ।

पाँच चौका र तीन छक्कासहित २३ बलमा ४६ रनको उत्कृष्ट पारी खेलेका उनलाई नेपालका कप्तान सन्दिप लामिछानेले आफ्नो गुग्लीको धरापमा पार्दै क्लिन बोल्ड गर्दै क्रिज छाड्न बाध्य बनाए ।

लामिछानेले खेलको आठौँ ओभरको तेस्रो ओभरमा अरिवन्दले पेभिलियन पठाउँदै युएईलाई ठूलो स्कोर बनाउनबाट रोकेका थिए ।

क्वालिफायरको समूह चरणको पहिलो खेलमा नेपालले ओमानविरुद्ध खेलेको थियो । पहिलो खेलमा ओमानलाई ७८ रनमै समेटेर ३९ रनको जित निकाल्दै विजयी सुरुवात गरेको नेपालले दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३६ रनको विशाल अन्तरले हराएको थियो ।

फिलिपिन्सलाई ८२ रनमै समेटेको नेपाल समूह चरणको अन्तिम खेलमा क्यानडालाई आठ विकेटलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो ।

समूहको शीर्ष स्थानमा रहँदै समूह चरणका खेल सकेको नेपालले अन्तिम खेलमा क्यानडालाई ८० रनमै समेटेको थियो ।

आजको खेलमा नेपाल विजयी भए अस्ट्रेलियामा यहीँ वर्ष आयोजना हुने टी२० विश्वकपमा नेपालले आफ्नो स्थान पक्का गर्नेछ ।

नेपालले पछिल्लो पटक २०१४मा बङ्गलादेशमा सम्पन्न टी२० विश्वकपमा सहभागीता जनाएको थियो ।

२०१४ को विश्वकप नै नेपालको पहिलो र पछिल्लो विश्वकप सहभागीता हो ।

 

प्रकाशित समय: मङ्गलबार १० फाल्गुण, २०७८, १६:२९:२८
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०