नेपालविरुद्ध युएईः १० ओभरमा युएईले बनायाे ८४ रन

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १० फाल्गुण, २०७८
३ वर्षअघि
युएई

आइसिसी टी२० विश्वकप ग्लोबल क्वालिफायरको सेमिफाइनलमा खेलमा यतिबेला नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई)बीचको खेल भइरहेको छ ।

अल अमेरत क्रिकेट रङ्गशालमा भइरहेको नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई)बीचको सुरुवाती दश ओभरको खेल सकिँदा युएईले दुई विकेटको क्षतिमा ८४ रन बनाउन सफल भएको छ ।

नेपाललाई खेलको दोस्रो ओभरमा पहिलो सफलता मिलेको थियो ।

जितेन्द्र मुखियाले चिराग सुरीलाई बोल्ड आउट गर्दै पेभिलियन फर्काएका थिए ।

सुरीले पाँच बलको सामना गर्दै चार रन मात्रै जोड्न सफल भए ।

तर सुरी आउट भएसँगै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका वृत्य अरिवन्दले भने नेपाली बलरलाई दबाबमा राख्दै उत्कृष्ट पारी खेलेका थिए ।

पाँच चौका र तीन छक्कासहित २३ बलमा ४६ रनको उत्कृष्ट पारी खेलेका उनलाई नेपालका कप्तान सन्दिप लामिछानेले आफ्नो गुग्लीको धरापमा पार्दै क्लिन बोल्ड गर्दै क्रिज छाड्न बाध्य बनाए ।

लामिछानेले खेलको आठौँ ओभरको तेस्रो ओभरमा अरिवन्दले पेभिलियन पठाउँदै युएईलाई ठूलो स्कोर बनाउनबाट रोकेका थिए ।

क्वालिफायरको समूह चरणको पहिलो खेलमा नेपालले ओमानविरुद्ध खेलेको थियो । पहिलो खेलमा ओमानलाई ७८ रनमै समेटेर ३९ रनको जित निकाल्दै विजयी सुरुवात गरेको नेपालले दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३६ रनको विशाल अन्तरले हराएको थियो ।

फिलिपिन्सलाई ८२ रनमै समेटेको नेपाल समूह चरणको अन्तिम खेलमा क्यानडालाई आठ विकेटलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो ।

समूहको शीर्ष स्थानमा रहँदै समूह चरणका खेल सकेको नेपालले अन्तिम खेलमा क्यानडालाई ८० रनमै समेटेको थियो ।

आजको खेलमा नेपाल विजयी भए अस्ट्रेलियामा यहीँ वर्ष आयोजना हुने टी२० विश्वकपमा नेपालले आफ्नो स्थान पक्का गर्नेछ ।

नेपालले पछिल्लो पटक २०१४मा बङ्गलादेशमा सम्पन्न टी२० विश्वकपमा सहभागीता जनाएको थियो ।

२०१४ को विश्वकप नै नेपालको पहिलो र पछिल्लो विश्वकप सहभागीता हो ।

 

प्रकाशित समय: मङ्गलबार १० फाल्गुण, २०७८, १६:२९:२८

सम्बन्धित खबर

सिंगापुर र मलेसियाविरुद्ध नेपालका तीन नयाँ अनुहार

मङ्गलबार ४ चैत, २०८१
२ दिनअघि

विश्वकप छनोट खेल्ने अर्जेन्टिनाको टोलीमा परेनन् मेस्सी

मङ्गलबार ४ चैत, २०८१
२ दिनअघि

लिभरपुललाई हराउँदै ७० वर्षपछि न्युक्यासलले जित्यो उपाधि !

सोमबार ३ चैत, २०८१
३ दिनअघि

पाँचौं मिल्स गोल्डकप : उद्घाटनमा फ्युजन फुटबल क्लबको विजयी सुरुवात

आईतबार २ चैत, २०८१
४ दिनअघि

रोहित र सन्दीपसहित पाँच खेलाडीले मासिक एक लाख तलब थाप्ने, करण र कुशलको भने घट्यो तलब

बिहिबार २९ फाल्गुण, २०८१
१ हप्ताअघि

चर्च ब्वाइजलाई हराउँदै थ्रीस्टारले जित्यो विराट गाेल्डकपकाे उपाधि

बुधबार २८ फाल्गुण, २०८१
१ हप्ताअघि
सिरहामा अंग्रेजीको प्रश्नपत्र आउट, सिडिओ भन्छन् : मोबाइलको जमाना छ, जे पनि हुन सक्छ
बिहिबार ६ चैत, २०८१
विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी
बिहिबार ६ चैत, २०८१
कामधेनु डेरीका एक सय किसानलाई बिना धितो दुई लाखसम्मको ऋण प्रदान गरिँदै
बुधबार ५ चैत, २०८१
आगोबाट बच्नलाई भाग्दै थिए एक वृद्ध, बारीको डिलबाट लडेर मृत्यु
बुधबार ५ चैत, २०८१
राजतन्त्र फर्किने-नफर्कने विषयमा के भन्छन् बाबुराम भट्टराई ?
बुधबार ५ चैत, २०८१
चन्द्र ढकाललाई अर्को धक्का : पैदलयात्रीसँग रकम असुली गरेपछि चन्द्रागिरी हिल्सलाई यस्तो निर्देशन !
बुधबार ५ चैत, २०८१
पूर्वराजाका कारण रोकिएको माओवादीको अभियान फेरि सुरु हुँदै
बुधबार ५ चैत, २०८१
मोरङमा अखिल क्रान्तिकारीको दबदबा : सातमध्ये चार वटामा विजयी
बुधबार ५ चैत, २०८१
रमाइलो बहुमुखी क्याम्पसमा क्रान्तिकारीका अनिश कार्की विजयी
मङ्गलबार ४ चैत, २०८१
ट्रकको क्याबिनमा ‘फुच्चे’ले लुकाएर ल्याएका थिए २५ करोड
मङ्गलबार ४ चैत, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०