आइसिसी टी२० विश्वकप ग्लोबल क्वालिफायरको आफ्नो अन्तिम खेलमा नेपालले क्यानडालाई दबाबमा राखेको छ ।
नेपालका लागि कमलसिंह ऐरीले दुई, अविनाश बोहराले दुई र कप्तान सन्दिप लामिछानेले एक विकेट लिएका थिए ।
अल अमरेत क्रिकेट रङ्गशालामा भइरहेको खेल नेपालले टस हारेर पहिले फिल्डिङको निम्तो पाएको थियो ।
नेपालले पहिलो सफलता कमलसिंह ऐरीमार्फत पाएको थियो ।
खेलको पहिलो ओभरको पाँचौँ बलमा ऐरीले म्याथ्यु स्पोर्सलाई कुशल भुर्तेलमार्फत क्याच गराएका थिए ।
नेपाललाई दोस्रो सफलता पनि ऐरीले नै दिलाएका थिए ।
खेलको चौथो ओभरको तेस्रो बलमा नवनीत धालीवाललाई १८ रनमा पेभिलियन फर्काएका थिए ।
पाँचौँ ओभरको दोस्रो बलमा नेपालले तेस्रो सफलता पाएको थियो ।
अविनाश बोहराले रायन पठानलाई १४ रनमा क्रिज छाड्न बाध्य बनाएका थिए ।
पठानलाई कमलसिंह ऐरीले रन आउट गरेका थिए ।
सोही ओभरको अन्तिम बलमा रविन्द्रपाल सिंहलाई विकेटकिपर आशिफ शेखमार्फत क्याच आउट गराउँदै बोहराले नै नेपाललाई चौथो सफलता दिलाएका थिए ।
सातौँ ओभरको अन्तिम बलमा नेपालका कप्तान सन्दिप लामिछानेले हाम्जा तारिकलाई एलबीडब्ल्यू धरापमा पारेका थिए ।
पाँच बलको सामना गरेका तारिकले एक रनमात्रै जोड्न सफल भएका थिए ।
नेपाललाई छैटौँ सफलता दिपेनद्रसिंह ऐरीले दिलाए ।
खेलको आठौँ ओभर बलिङ गर्न आएका उनले साद बिन जफरको विकेट लिएका थिए ।
उनलाई कमलसिंह ऐरी र विकेटकिपर आशिफ शेखले मिलेर रन आउट गराएका थिए ।
क्यानडाको सातौँ विकेटका रुपमा कलिम साना आउट भए । उनलाई कप्तान लामिछानेले कुशल मल्लमार्फत क्याच आउट गराए ।
नेपाललाई आठौँ सफलता कुशल मल्लले दिलाए । उनले हर्ष थाकेरलाई एलबीडब्ल्यू धरापमा पारेका थिए ।
आउट हुनुअघि थाकेरले चार बलको सामना गर्दै दुई रन मात्र जोडेका थिए ।
नवौं विकेटका रुपमा जुनैद सिद्धिकीलाई कप्तान लामिछानेले पेभिलियन फर्काए ।
सिद्धिकीलाई विकेट किपर आशिफ शेखले क्याच गर्दै क्रिज छाड्न बाध्य बनाए ।