टी२० विश्वकप ग्लाेबल क्वालिफायरः ओमानविरुद्ध नेपालकाे खराब प्रदर्शन

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ६ फाल्गुण, २०७८
५ वर्षअघि
81 runs

आईसिसी टी२० विश्वकप ग्लोबल क्वालिफायरको पहिलो खेलमा नेपालले ओमानलाई एक सय १८ रनको लक्ष्य दिएको छ ।

ओमानविरुद्ध मध्यम लक्ष्य प्रस्तुत गर्न नेपालका आरिफ शेखले सर्वाधिक ३८ रन जोडे ।

आफ्ना दुवै ओपनरलाई सस्तैमा गुमाएको नेपालका लागि पाँचौँ नम्बरमा ब्याटिङका लागि आएका शेखले जोगाएका थिए ।

नेपालका चार ब्याटर दोहोरो अङ्कको रन नबनाई नै पेभिलियन फर्किएका थिए ।

नेपालले अन्तिम दुई ओभरमा २५ रन बनाएको थियो ।

१९औं ओभरमा ११ रन बनाएको नेपालले अन्तिम २०औं ओभरमा १५ रन बनाएको थियो ।

ओमानस्थित अल अमरेत क्रिकेट रङ्गशालामा भएको पहिलो खेलमा ओमानले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो ।

नेपालले पहिलो विकेटका रुपमा आसिफ शेखलाइ गुमाएको थियो । शेख खेलको पहिलो ओभरमा नै क्याच आउट भएका थिए ।

शेखलाई विलाल खानले कवार अलिमार्फत क्याच गराएका थिए ।

पहिलो ओभरको अन्तिम बलमा आफ्नो पहिलो विकेट गुमाएको नेपालले खेलको तेस्रो ओभरमा दोस्रो विकेट गुमाएको थियो ।

नेपालका अर्का ओपनर कुशल भुर्तेल पाँच रन बनाएर पेभिलियन फर्किएका थिए ।

भुर्तेललाई पनि विलाल खानले नै क्याच आउट गराएका थिए ।

भुर्तेलको विकेटका लागि खानलाई अलि नै सहयोग गरे ।

१२ रनमा दुई विकेट गुमाएको नेपालको तेस्रो विकेट सातौं ओभरमा पतन भयो ।

नेपालका ज्ञानेन्द्र मल्ल १५ रन बनाएर बोल्ड आउट भए ।

फयाज बटले मल्लको विकेट लिँदै पेभिलियन पठाएका थिए ।

चौथो विकेटका लागि नेपालले दिपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो ।

खेलको नवौं ओभरमा ओमानका विकेट किपर नशिम खुशीले स्टम्पिङ आउट गरेका थिए । जिसन मक्सुदको बलमा ऐरीलाई खुशीले पेभिलियनको दिशा दिन सफल भए ।

आउट हुनअघि १८ बलको सामना गरेका ऐरीले एक चौकाको मद्दतमा ११ रनको योगदान दिएका थिए ।

नेपालको पाँचौँ विकेटका रुपमा लोकेश बम क्रिजबाट बिदा भए । उनलाई खवार अलिले क्याच आउट गराएका थिए । अलिले बमलाई कलिमुल्लाहमार्फत क्याच आउट गराए ।

पेभिलियन फर्किन अघि बमले एक छक्काको सहयोगमा नेपालका लागि १७ बलमा १६ रनको योगदान दिए ।

१६औं ओभरको अन्तिम बलमा नेपालले छैटौँ विकेटका रुपमा विवेक यादवलाई गुमायो । यसपटक पनि खवार अलि भाग्यमानी सावित भए । उनले फयाज बटमार्फत यादवलाई क्रिज छाड्न बाध्य बनाए ।

यादवले दश बलमा नेपालका लागि सात रन जोडे ।

तीन बलको सामना गरी मात्र एक रन जोडेर कमलसिंह ऐरी नेपालको सातौ विकेटका रुपमा क्रिजबाट बिदा भए । उनलाई खवार अलिले प्रजापतीमार्फत क्याच आउट गराए ।

नेपाललाई सस्तोमा रोक्न विलाल खानले दुई, फयाज बट र जिसन मक्सुदले समान एक र खवार अलिले सर्वाधिक तीन विकेट लिए ।

प्रकाशित समय: शुक्रबार ६ फाल्गुण, २०७८, १३:१०:४३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०