नेपाली क्रिकेट टिमको फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकमा रघुराम श्रीनिवास नियुक्त भएका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले भारतीय प्रशिक्षक श्रीनिवासलाई आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट खेलका लागि फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त गरेको हो ।
श्रीनिवास आइतबारनै नेपाल आएको क्यानले जनाएको छ ।
श्रीनीवासले नेपाली टोलीको मुख्य प्रशिक्षक पुबुदु दसानायकेसँग अमेरिकाको क्रिकेट टोलीमा पनि सँगै काम गरेका थिए ।
पुबुदुले श्रीनीवासको आगमनले नेपाली क्रिकेटको कमजोरी सुधार गर्न थप सहयोग पुग्ने बताएका छन् ।
श्रीनीवास फिल्डिङका लागि महत्त्वपूर्ण प्रशिक्षक रहेको उनले बताए ।